+
+
Shares

बाढी र आँधीले दक्षिण अफ्रिकाका ५ लाख मानिस विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते ९:०५

१३ चैत, काठमाडौं । बाढी, आँधीलगायतका प्राकृतिक प्रकोपका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

आँधीसँगै आएको अत्यधिक वर्षा, हावाहुरी र बाढीले यहाँ झण्डै ७ सयको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राकृतिक प्रकोपले भौतिक संरचनाहरूमा पनि उत्तिकै क्षति पुर्याएको छ ।

आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन् ।

आँधीबाट प्रभावितमध्ये झण्डै तीन हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।’

यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भीषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?