Comments Add Comment

एलआइसीको नाफा २ करोड ७५ लाख

२६ साउन काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलाइसी) नेपालले आर्थिक वर्ष २०७०/०७१ मा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

ग्त असार मसान्तसम्ममा कम्पनीले ४ लाख ५ हजार बीमा पोलीसी बिक्री गरी ४ अर्ब १५ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको कम्पनीद्धारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा कम्पनीले ६९ हजार वटा दावीका लागि ३३ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ७२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रहेको छ ।

कम्पनीको जगेडा कोषमा २० करोड ९२ लाख रुपैयाँ जम्मा भएको छ भने जीबन बीमा कोषमा १५ अर्ब ६८ करोड रुपैयाँ छ । चुक्त पुँजी ६५ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष कम्पनीले २ करोड ९५ लाख रुपैयाँ व्यवस्थापन गर्ख गरेको छ । प्रतिसेयर आम्दानी ४ सय १७ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment