Comments Add Comment

अश्लिलता मिसिएको लाहुरेको ‘ताण्डव’ गीत(भिडियो)

lahure-aashis
¥यापार आशिष रानाको स्वर तथा शब्दमा समावेश ‘युद्ध’ बोलको ¥याप गीत सार्वजनिक भएको छ । चलचित्र ‘ताण्डव’मा समावेश यो गीतमा ‘लाहुरे’ नामले चिनिएका आशिषकै शब्द तथा स्वर छ । भाद्र ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमामा नम्रता श्रेष्ठ र आशिष रानाको मुख्य भूमिका छ ।

आशिष रानाको यो गीतमा केही अश्लिल शब्दहरु समेत समावेश गरिएको छ । उनले गाउने अधिकांश ¥याप  गीतमा सन्देशस“गै केही अश्लिलता समेत मिसिएको पाइन्छ । मोहन डोटेलको निर्माणमा तयार भएको सिनेमालाई वेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् ।

प्रचारप्रसारमा आक्रामक गती लिएकै कारण ‘ताण्डव’ यतिबेला सर्वाधिक चर्चामा छ । नायिका नम्रता श्रेष्ठले अभिनय गरेको अर्को एक चलचित्र पनि सोही दिन प्रदर्शनमा आउने भएकाले ‘ताण्डव’ यूनिटले लाहुरेलाई प्रचारमा अगाडि सारेको हो ।
निर्माता मोहन डोटेल चलचित्रले कलेक्शनमा नया रेडर्क राख्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment