Comments Add Comment

सुनकोशी पिडितहरुलाई म्याक्स मिडियाको राहत

Max-Media

२७ साउन, काठमाडौं । सिन्धुपाल्चोकका सुनकोशी पहिरो पीडितहरुलाई म्याक्स मिडियाले राहत उपलब्ध गराएको छ । कम्पनीले ‘सहयोगी हातको न्यानो साथ’ नामक अभियान चलाई राहत संकलन गरेको थियो ।

नेपालका प्रमुख व्यावसायिक घराना चौधरी समुह, गोल्छा समुह, नेपा हिमा ट्रेड लिङ्क, आईएमई,  विश्वनाथ एण्ड सन्स् जस्ता अग्रणी औधोगिक समुहले अभियानमा सहयोग गरेका थिए ।

म्याक्स मिडिया टोलीले खाद्य सामग्री, उपचार तथा सरसफाई सामाग्री र बसोबासका सामाग्री गरी तीन थरीको प्याकेजिङ्ग तयार पारेको थियो । संकलन भएको करिब पाँच टन राहत सामाग्रीहरु ६ सय प्याकेटमा विभाजन गरि वितरण गरिएको कम्पनीले जनाएको छ ।

खाद्य सामग्री अन्तर्गत तत्काल खान मिल्ने, विस्कुट, च्युरा, दालमोठ, चाउचाउ, पिउने पानी जस्ता राहत सामग्री थिए भने उपचार तथा सरसफाई सामग्री अन्तर्गत महामारी रोक्न पियुस, साबुन र सामान्य उपचारका सामग्री थिए । त्यस्तै, बसोबासका सामग्रीहरुमा टेन्ट, त्रिपाल, म्याट जस्ता राहत सामग्रीहरु रहेका थिए ।

म्याक्स मिडियाका प्रमुख कार्यकारी अधिकृत सविन शाक्यले शनिवार घटनास्थल राम्चेमा निर्माण गरीएको अस्थाई क्याम्पमा पुगेर जिल्ला प्रश्ाासनका प्रतिनिधि, स्थानीय रेडक्रसका प्रतिनिध्ाि र प्रहरी प्रशासनको रोहबरमा राहत सहयोग हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment