Comments Add Comment

घाइते आर्थिक पत्रकारलाई नेजाको ३ लाख सहयोग

२८ साउन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ, नेजाले घाइते आर्थिक पत्रकारद्धय मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ ३ हजार १ सय अमेरिकी डलर सहयोग गरेको छ ।

संघले संकलन भएको रकम मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) का निवर्तमान अध्यक्ष प्रदीप चापागाईंलाई पठाइसकेको छ । उक्त रकम नेपाल पत्रकार महासंघको समन्वयमा सेजनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

संघले सदस्य मधुकर अधिकारीको संयोजकत्वमा भोला आचार्य, सुदर्शन ओली र रामचन्द्र भट्टसहितको एक समिति गठन गरेर आर्थिक सहयोगका लागि अमेरिकामा बस्ने नेपालीहरुलाई आहृवान गरेको थियो ।

गत जुलाई २६ तारिखमा नगरकोटबाट राजधानी र्फकने क्रममा पत्रकारद्धय ढकाल र अधिकारी बस दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुबै पत्रकारको अहिले ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा क्रियाशिल पत्रकारहरुलाई कडा प्रकृतिको रोग लागेमा तथा आकस्मिक दुर्घटनामा परेमा संघले विभिन्न प्रकारले सहयोग गर्दै आएको छ । आफ्ना सदस्यहरु तथा सुभेच्छुकहरुको समेत सहयोगमा संकलन गरिएको सहयोग पीडित पत्रकारका लागि सानो मानविय सहयोग हुने विश्वास संघले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment