Comments Add Comment

सुनकोशी पीडितलाई ब्रिटिस कलेजको दुई लाख सहयोग

Suamann

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा गएको भीषण पहिरो कारण विस्थापित भएकाहरुलाई द ब्रिटिस कलेजले राहात सहयोग गरेको छ । बुधबार मार्केटिङ म्यानेजर सुमन श्रेष्ठको नेतृत्वमा घटनास्थल पुगेका कलेजका शिक्षक र विद्यार्थीहरुसहित टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई २ लाख नगद, खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएको हो ।

कलेजका उपाध्यक्ष सगुन शर्मा र मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले २ लाख नगद, लत्ताकपडा र खाद्यान्न संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

राहात रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले ब्रिटिस कलेजले घटना भएदेखि नै चासो देखाएको हुँदा मानवीय सहयोगका क्षेत्रमा निकै संवेदन भएको आफूले पाएको बताए । ‘ब्रिटिस कलेजले घटना भएदेखि नै सहयोगका लागि चासो देखाउँदै आएको थियो’ उनले भने, ‘कलेजले मानवीय संवेदना बुझ्ने जुन कल्चर विद्यार्थीहरुलाई दिइरहेको छ त्यो निकै सरहानीय छ ।’

उनले जुरे पहिरोमा पीडितहरुको दुःखमा मलम लगाउन आउने विद्यार्थी र गुरुवर्गलाई धन्यवाद समेत दिए । उनले पीडितका लागि आएको सहयोग वास्तविक पीडितहरुले पाउने बताए । ‘तपाईंहरुले जुटाउनु भएको सहयोग वास्तविक पीडितहरुले पाउनेछन्’ उनले भने, ‘खर्च हामीले पारदर्शी रुपमा राखेका छौं ।’

सहयोग हस्तान्तरणपछि कलेजका उपाध्यक्ष शर्माले आफूले कलेज र विद्यार्थीका तर्फबाट पिडितहरुलाई सानो सहयोग जुटाएर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । ‘हामीले पीडितहरुलाई विद्यार्थी र ब्यवस्थापनको प्रयासमा सहयोग हस्तान्तरण गर्न पाउँदा खुशी छौं’ शर्माले भने, ‘हामीले नेपाली नागरिक हुनुको दायित्वमात्र निभाएका हौं ।’

कलेजका मार्केटिङ म्यानेजर श्रेष्ठले आफूले विभिन्न सामाजिक कार्यहरुमा हातेमालो गर्दै आएको बताउँदैं आगामी दिनहरुमा पनि परोपकारी कामहरुलाई अझ बृद्धि गर्ने बताए ।

कलेजका विद्यार्थीहरुले चलाएको सुनकोशी सहयोग कार्यक्रमका संयोजक एन्जल शर्माले आफूहरु पढाइका साथै मानवीय र परोपकारी काम गर्न पाउँदा खुशी रहेको बताए । उनले कलेजले आफूहरुले चलाएको उक्त अभियानमा सहयोगी भूमिका खेलेको भन्दा धन्यवाद समेत दिए ।

द ब्रिटिस कलेज थापाथलीस्थित बेलायती विश्वविद्यालय लिड्स मेट्रोपोलिटन युनिभर्सिटी, युनिभर्सिटी अफ वेष्ट अफ इङ्ल्याण्डको सम्बन्धनमा बिएस्सी कम्प्युटिङ, बिबिए, बिबिएम, एमस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्ज्युटिभ लगायतका कोर्स पढाइरहेको छ । आगामी वर्षदेखि एमएस्सी इन्फर्मेशन म्यानेजमेन्ट र एमएस्सी पब्लिक हेल्थ पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ । हाल ब्रिटिस कलेजमा ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment