+
+

राष्ट्रिय वाणिज्य बैंकले ६४ लाख कित्ता शेयर बिक्री गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २८ गते १९:२५

२८ साउन काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंक र नेपाल आवाश विकास वित्त कम्पनी लिमिटेडमा रहेको संस्थापक शेयर सर्वसाधारणलई बिक्री गर्ने भएको छ ।

बैंकले इन्भेष्टमेन्ट बैंकमा रहेको ६२ लाख २० हजार ६६ र नेपाल आवाश विकास वित्त कम्पनी लिमिटेडको १ लाख ९८ हजार ४ सय ९७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बुधबार भएको संझौतापत्रमा राष्ट्रिय वाणिज्य बैंक ट्रेजरी विभागका प्रमुख भुपेन्द्र पाण्डे र नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे ।

बैंकको शेयर खरिदमा साना लगानीकर्ताहरुको हित संरक्षण गर्ने अभिप्रायले पहिले कायम गरिएको शेयर मूल्यमा घटाई बोलकबोलमार्फत सेयर बिक्री गरिने पाण्डेले जानकारी दिए ।  भदौ दोस्रो हप्तासम्म लिलाम बढावढको सूचना प्रकाशित गर्ने कार्ययोजना रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थाको सेयर राख्न नपाइने व्यवस्था गरेपछि वाणिज्य बैंकले यो सेयर सर्वसाधारलाई बिक्री गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?