Comments Add Comment

निःशुल्क भिसा र टिकट दिन मलेसियालाई आग्रह

kuala-lumpur-malaysia-photos-2
३० साउन, काठमाडौ । नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउँन आग्रह गरिने भएको छ ।
नेपाल आउन लागेका मलेसियाली मानव संसाधन मन्त्रीसामु यस्तो आग्रह गर्ने तयारी गरेको छ ।
श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङ्को निमन्त्रणामा भदौ ४ गते दुई दिने मलेसियाका मानवव संसाधन मन्त्री रिचर्ड रियट जायम नेपाल आउँदैछन् । उनीसामु निःशुल्क भिसा र टिकटको ब्यवस्था गर्ने प्रस्ताव राख्ने नेपालको तयारी छ । मलेसियामा ६ लाख भन्दा बढी नेपाली कार्यरत रहेको नागरिक दैनिकमा खबर छ ।
मलेसियाको लागत ८० हजार भएपनि कामदारले डेढदेखि दुई लाख रुपैंयाँ सम्म तिरिराखेका छन् । सरकारले निःशुल्क भिसा उपलब्ध गराउँने र कामदारलाई सुविधा बढाउने प्रस्ताव राख्न लागेको हो । म्यानपावर कम्पनीले नेपाली कामदारको माग ल्याउन मलेसियाको स्थानीय एजेन्टलाई बढी कमिसन दिने र त्यसले लागत बढाएको भन्दै मन्त्रालयले त्यसलाई कडाईका साथ रोक्ने आग्रह गर्नेछ । नेपालका म्यानपावर कम्पनीले मागपत्र ल्याउँन मलेसियाको एजेन्टलाई प्रतिब्यक्ति एकलाख रुपैंयाँ भन्दा बढी कमिशन दिंदै आएका छन् ।
‘हामीले मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउँन आग्रह गर्नेछौं, ‘राज्यमन्त्री गुरुङ्ले भने, ‘यो विषयलाई श्रम सम्झौतामा पनि समेटेका छौं र भेटमा पनि प्राथमिकताका साथ प्रस्तुत गर्ने छौं ।’ उनका अनुसार भेटमा मलेसियामा रहेका नेपाली कामदारको समस्या, गैरकानूनी नेपाली र श्रम सम्झौताका विषियमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment