Comments Add Comment

सलमानले गरे साहरुखको तारिफ

shahrukh-salmanबक्स अफिसदेखि मिडियामा झगडाको खबर आइरहे पनि बलिउडका दुई खान साहरुख र सलमान भने मिल्ने साथी जस्तै भएका छन् । यतिबेला उनीहरु एकअर्काको प्रशंसा गरेर थाक्दैनन् ।

बिहिबार सार्वजनिक भएको साहरुख खानको नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’को ट्रेलरलाई सलमानले प्रशंसा गरेका हुन् । उनले आफूले सिनेमाको ट्रेलर हेरेको भन्दै यसले पनि किक मार्ने जनाएका छन् ।

सलमानले समेत साहरुखको सिनेमाको प्रशंसा गरेपछि यसले दुई खानको फ्यान वारलाई केही कम गर्ने अड्कल काटिएको छ ।

‘बीग बोस ८’ मा सलमान पाइलट
‘बीग बोस’को सिजन ८ संचालन गर्ने पक्का भैसकेपछि सलमान खानको लुक्स पनि सार्वजनिक भएको छ । गतबर्ष स्वर्ग र नर्कलाई मुख्य आधार बनाएर यो चर्चित रियालिटी शो संचालन भएको थियो । जहाँ सलमान भगवान र राक्षसको भूमिकामा देखिएका थिए । यसपटक भने उनी पाइलटको गेटअपमा देखिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment