Comments Add Comment

नौ बर्षदेखि सुनिताको तीज विदेशमै

sunita-dulal-teej-geet

रातो चोली, रातै साडी र हातभरि चुरा अनि सिमसिम पानीमा भिज्दै पशुपतिनाथ मन्दिरमा पूजाका लागि लाईन । आमा, दिदी र काकीहरुसंगै तीजको दिन पशुपति गएकी गायिका सुनिता दुलालले यसपाली पनि त्यो अवसर नपाउने भएकी छिन् । ‘केही घण्टा लाईन बसेर पूजा गरेको सम्झेरै चित्त बुझाउने भएकी छु यसपाली पनि ।’ अनलाईनखबरसंग कुरा गर्दै उनले भनिन् ।

नौ वर्ष भयो उनले तीजको बेला नेपाल बस्न नपाएको । सुनिता भन्छिन ‘यसपाली तीजका लागि क्यानडा जाँदैछु । तिहार मानेर मात्रै नेपाल फर्किन्छु होला ।’ त्यसपछि नेपालमा बस्ने दर्शकका लागि म्युजिक भिडियो र अनलाईनमा सिमित हुनेछिन् उनि केही दिन ।

क्यानडामा बस्ने साथीहरुको आग्रहमा यसपालीको तीज क्यानडामै मनाउने योजना भए पनि उनको मन पशुपतिमै अडिएको छ । ‘तीजको दिन पशुपतिनाथ मन्दिरमा हुने कार्यक्रम त म कही गएर पनि बिर्सन सक्दिनँ ।’ उनले भनिन् । पूजाका लागि लाईन बसेको र विभिन्न स्थानवाट जम्मा भएका दिदी बहिनीहरुले स्वत स्फुर्त नाँचेको गाएको दृष्य उनि बेला बेलामा सम्भिmरहन्छिन् ।

विदेशमा पनि नेपाली चेलीहरु नजिकको शिवालय मन्दिरमा जम्मा भएर नाँच्ने गाउने गर्छन् तर, नेपालकै स्वाद पाउन नसकिएको बताउछिन् । विगत केही वर्ष यता विदेशमा रहेका तर, नेपाली पोशाक लगाएर नेपाली खाना खाँदै नाच्ने गाउनेहरुसंग रमाउन थालेकी सुनिताले आफ्नै भाकामा एल्बम निकाल्न थालेदेखी नेपाल बस्न पाएकी छैनन् ।
सिन्धुपाल्चोकको जलबीरेमा जन्मिएकी सुनिता सानो छँदा आमा र गाउँका काकीहरुसंगै नजिकैको शिवालय मन्दिरमा जान्थिन् । ‘ममीहरु गीत गाएर नाच्नुहुन्थ्यो । म छेउमा बसेर थपडी बजाउथें ।’ सुनिताले भनिन् । तर, अहिले समय फेरिएको छ । सुनिता गाउछिन् नाच्छिन्, आमाले ताली बजाउछिन् ।

बिगतमा केही महिलाहरुले तीजलाई भड्किलो बनाएकोमा लागेको थियो उनलाई तर, यसपाली त्यस्तो देख्दिनन् । शायद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष भड्किनो नबनाउन गरेको आग्रहले पनि हुनसक्छ । भोको बसेर धर्मप्राप्त हुन्छ भन्ने मान्यतासंग उनि कहिल्यै सहमत हुन सकिनन् । धर्मको बहानामा शरीरलाई कष्ट दिनहुन्न भन्ने सुनिता आम दिदी बहिनीलाई आग्रहकोे भाषामा भन्छिन ‘भोको बस्नु अघि शरीरको पनि ख्याल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment