+
+

सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते ११:५९

३१ साउन, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

नदीमा पानीको बहाव एक लाख क्युसेक बढी पुगे पछि पुल कमजोर रहेको भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

आज बिहान गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख १३ हजार ९६२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । तरकारी बोेकेका भारतीय ट्रकहरू पुल पारीनै थन्किएर बसेका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पैदलयात्रु र मोटरसाइकल चालकलाई भने पुलमा आवागमन गर्न दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?