Comments Add Comment

चेम्बरद्वारा साढे ८ लाखकाे राहत सामाग्री हस्तान्तरण

Chamber
१ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’लाई नगद पाँ लाख ५५ हजार रुपैयाँ नगद र २ लाख ९४ हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राहत सामाग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशभरि गएको बाढी पहिरोले मुलुकमा ठूलो धनजनको क्षति भएको बताउँदै राहत कार्यलाई प्रभावकारी बनाउन छिमेकी राष्ट्र चीन र भारतसँग आवश्यक प्राविधिक सहयोग लिइने जानकारी दिएका थिए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले राहत कार्यलाई प्रभावकारी ढंगले परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । राष्ट्रले आवश्यकता महशुश गरेको समयमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सले मन, बचन र कर्मले सहयोग गर्दै आएको उनको भनाई थियो ।

श्रेष्ठले तत्काल तातोपानी सडक खुलाउन पनि प्रधामन्त्रीसमक्ष आग्रह गरे । पहिरोले राजमार्ग अवरुद्ध हुँदा हजारौं कन्टेनरमा अवौर्ंको सामान र लगानी जोखिममा परेकोले यथाशिघ्र राजमार्ग खोलिनुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment