+
+

चरी मारिएको १३ औं दिनमा आर्यघाट लगिने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १७:३९

१ भदौ, काठमाडौं । दिनेश अधिकारी चरी मारिएको १३ दिनपछि मंगलबार उनको दाहसंस्कार हुने भएको छ । सामान्तयः हिन्दू परम्परा अनुसार मानिस मरेको १३ औं दिनपछि काजकिरिया सकिन्छ । तर, चरीका परिवारले उनको पक्राउपछि हत्या भएको भन्दै शव बुझ्न अस्वीकार गरेका कारण १३ दिनपछि बल्ल दाहसंस्कार हुन लागेको हो ।

चरीका आफन्त, परिवारजन र धादिङका एमाले नेताहरुबीच आइतबार काठमाडौंको गोंगबुमा भएको छलफलपछि कानुनी तथा राजनीतिक लडाइ लड्दै काजकिरिया गर्ने निर्णय भएको हो । सोमवार सर्वोच्च अदालतमा चरीको मृत्यु प्रकरणमा किटानी जाहेरी लिन नमानेको प्रहरीविरुद्ध परेको रिटमाथि सुनुवाइ हँुदैछ ।

अदालतको पर्खाइ

अदालतको पहिलो चरणको सुनुवाइपछि मंगलवार दाहसंस्कार गर्ने निर्णय भएको धादिङ क्षेत्र नम्बर १ का सभासद धनबहादुर घलेले अनलाइनखबरलाई बताए । चरी सोही क्षेत्रका एमालेका पूर्वउपाध्यक्ष पनि हुन् । घलेसहितका सभासदहरुले चरीको हत्या भएको भन्दै छानविन आयोग गठनको माग गरिरहेका छन् ।

प्रहरीले चरीका परिवारले दिएको किटानी जाहेरी लिन नमानेपछि दाजु ध्रव अधिकारी अदालत गएका हुन् । उनले एसएसपी पुष्कर कार्की, उत्तम कार्की, डीएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीका पुराना साथी एवं खुश्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालालाई हदैसम्मको कारवाही माग गरेका छन् ।

बहसमा को-को ?

यो मुद्दामा किटानी जाहेरी लिन प्रहरीलाई आदेश दिनुपर्ने वा नपर्ने सम्बन्धमा सोमबार बहस हुँदैछ । बहसमा चरीको पक्षबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, पुष्पराज पौडेल, नारायण देवकोटा, अम्बर राउतलगायतका वकिलले बहस गर्दैछन् ।

बरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, हरि फुयाल, दिनेश त्रिपाठी लगायतसँग पनि चरीका आफन्तले बहसका लागि सहयोग मागेका छन् । उनीहरुले नेपाल बारमार्फत कानुनी सहायता मागेका छन् । तर, उनीहरुले बहस गर्ने टुंगो लागेको छैन ।

यो पनि पढ्नोस

चरीको शव बुझ्ने बारे छलफल हुँदै

सात गोलीले चरीको फोक्सो, कलेजो र मुटु छेडेको पोष्टमार्टम रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?