२ भदौ, काठमाडौं । देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोपछि राष्ट्रिय विपतको घोषणा गर्न माग गर्दै प्रमुख विपक्षी एमाओवादीसहितका दलहरुले संसद बैठक अवरुद्ध पारेको छ ।
त्यसअघि माओवादी संसदीय दलका नेता प्रचण्डले बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा प्रकृतिक विपत आएको भन्दै राष्ट्रिय विपतको घोषणा गर्न माग गरेका थिए । लगतै माओवादी सभासदहरुले उठेर विरोध गरे ।
सभामुख सुवास नेम्बाङले समय दिएपछि एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले राष्ट्रिय विपत घोषणा गरी सभासदहरुलाई जनतामाझ जान दिन माग गरे । सद्भावनाका लक्षणलाल कर्णले राष्ट्रिय विपतको घोषणा नभएसम्म सदन चल्न नदिने बताए ।
लगतै सभामुखले संसद बैठक आधा घन्टालाई स्थागित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4