+
+

दक्षिण कोरियाले नेपाली कामदार थप्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३ गते ५:५६

korea-2
३ भदौ, काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ । यसअघि गएका नेपाली कामदारले राम्रो काम गरेको भन्दै संख्या बढाउन कोरिया सहमत भएको हो ।

रोजगार अनुमति प्रणाली इपीएसको दशौं वाषिर्कोत्सवका अवसरमा दक्षिण कोरिया भ्रमणमा गएका वैदेशिक रोजागर विभागका महानिर्देशक जगन्नाथ देवकोटालाई त्यहाँको सरकारले नेपाली कामदारको संख्या बढाउने जानकारी गराएको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाली कामदार इमान्दार र मेहनती रहेको कोरिया सरकारको ठम्याइ छ ।

नेपाल सरकारले लामो समयदेखि आफ्ना कामदारको संख्या बढाउन कोरियासँग आग्रह गर्दै आएको थियो । आन्तरिक श्रम बजारमा वाषिर्क रुपमा प्रवेश गर्ने कामदारको संख्या पहिल्यै निश्चित नहुने भएकाले विदेशी कामदारको कोटा निश्चित गर्न नसकेको जानकारी पनि कोरियाले गराएको छ ।
संख्या बढाउने बताए पनि आगामी वर्ष कति कामदार लैजाने भन्ने यकिन जानकारी भने कोरियाले गराएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?