Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा विजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषयवस्तुलाई आफ्नो समाचार बनाएको छ ।

कारोवार दैनिकले नयाँ कम्पनी हिमालयन एयरले अन्तर्राष्ट्रिय उडान गर्न लागेको विषयलाई प्रमुख खबर बनाएको छ । निजी क्षेत्रले थालेको अन्तर्राष्ट्रिय उडान एकपछि अर्को असफल भइरहेको बेला नयाँ कम्पनी हिमालयन एयर लाइन्सले तिब्बत एयर लाइन्ससँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय उडान शुरु गर्न लागेको हो ।

यस्तै, कारोबारले भारतले जाली नोट विरुद्ध विशेष अपरेशन थालेको समाचारलाई प्राथमिकताका साथ छापेको छ भने ‘वर्षमै उपत्यकामा १८ अर्वको तरकारी’ शीर्षकको एयाङ्कर समाचार छापेको छ । डेढ वर्षदेखि रोकिएका भारतसँगका ५ वाणिज्य सम्झौता अगाडी बढाउँन परराष्ट्र मन्त्रालय तयार भएको खबर तथा ‘५० करोडको यार्चा तिब्बत निकासी’ शीर्षको खबर कारोवार दैनिकमा छ ।

यसैगरि नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचक २१.१४ अंकले घटेको तथा साढे तीन दर्जन उद्योगलाई सहकारी अनुदान लगायतका वित्त समाचार कारोवारमा छ ।

आर्थिक दैनिकले वैंक कसुरका मुख्य अभियुक्तहरुलाई सरकारले पक्राउ गर्न नसकेको विषयलाई प्रमुख खबर बनाएको छ । वैंकिङ् कसुर अन्तर्गतको विगो रकम १८ अर्ब १९ करोड ८७ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्ममा यस्तो रकम १७ अर्ब रुपैयाको हाराहारीमा रहेको पछिल्लो समय वैंकिङ् कसुर सम्बन्धी केही मुद्दा थप भएका कारण विगो रकम बढेर १८ अर्ब रुपैंयाँ नाघेको हो ।

यस्तै ‘सार्कको तयारीले राजधानीको सडक विस्तार कार्य प्रभावित’, सिभिल वैंकको ढुकुटीबाट एक किलो सुन गायब तथा बायोमेटि्रक विवादले स्वास्थ्य ब्यवसायी महासंघको साधारणसभा रोकिएको खबर आर्थिक दैनिकमा छ । नव नियुक्त अर्थसचिव सुमनप्रसाद शर्माले पदभार ग्रहण गर्दै पूँजिगत खर्च बढाउँन पहल गर्ने प्रतिवद्धता जनाएको तथा यातायातका १६ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा लगायतका खबर पनि आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले साउदी अरबको मक्कामा ह जगर्न जाने मुसलमान तीर्थयात्री लान-ल्याउँन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आहृवान गरेको टेन्डर बढी भाउ तोक्ने वायुसेवाले जितेको खबरलाई प्रमुख खबर बनाएको छ । गृह मन्त्रालयको हज कमिटीले खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजलाई तीर्थयात्री लाने-ल्याउने ठेक्का दिइएको छ ।

‘गहना अनुगमन निर्देशिका थप अध्ययन’ तथा भैरहवा सेजमा १७ थरीका उद्योग स्थापना हुने खबर पनि नागरिकमा छ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले नयाँ जहाज ल्याएको कर्पोरेट खबर नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले नजिकिएको दशैमा राजधानीमा खसीबोका भित्रिन थालेको खबरलाई प्रमुख बनाएको छ । दशैंका लागि ५५ हजार खसीबोका राजधानी ल्याइने भएको छ । यस्तै, गोर्खाको ‘सामागाउँमा पर्वतारोहीका भरियालाई प्रवेश निषेध’ शीर्षकको खबरपनि प्राथमिकताका साथ छापिएको छ । नेपाल पर्यटन बोर्डको पुर्नसंरचना कार्यदलको प्रतिवेदनको खबर अन्नपूर्ण पोष्टमा छ ।

नेपाल पर्यटन बोर्डको गतिविधि र कार्यक्रमको नियमनको लागि पर्यटन परिषद् बनाउँन ब्यवसायीहरुले सुझाव दिएका छन् । आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले नयाँ जहाज भित्राएको खबर आजका अन्नपूर्ण पोष्टमा छ ।

5-karobar

aarthik-aarthik

aarthik-annpurna

aarthik-nagarik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment