ह्यामबर्ग । जर्मनीको ह्याबर्गमा रहेका नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन्र । मुट थिएटर ह्याबर्गमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीको आयोजनामा नेपाली चेलीहरूले तीज मनाएका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीका बरिष्ठ उपाध्यक्ष सरोज श्रेष्ठले हरेक बर्षजस्तै यो बर्ष पनि यो कार्यक्रमको निरन्तरता दिनुले प्रवासमा पनि नेपाली कला साँस्कृति र परम्परालाई प्रबर्द्दनको साथमा सम्वर्धन गर्दै आएको बताउँछन् ।
यस वर्षको हरितालिका तीजको कार्यक्रममा सहभागी हुन जर्मनीमा रहेका नेपाली दिदी बहिनीहरुलाई निमन्त्रणा गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीकी सदस्य सुनिता थापाले बताइन् ।
नेपाली दिदीबहिनी चेलीवेटीहरुको हरितालिका तीज कार्यक्रममा धेरै राम्रो सहभागीता भएको र नेपाली दिदी बहिनीहरुलाई तीजमा दर खुवाउन पाएकोमा धेरै खुसी रहेको नेपाली समाज सेवी राजेन्द्र पाण्डेले बताए ।
दिदी बहिनीहरुको खानाको व्यवस्थापनमा व्यस्त रहेका भोजराज न्यौपानेले तीजको कार्यक्रम धेरै राम्रो भएको र धेरै दिदीबहिनीहरुको सहभागिता रहेकोमा धेरै खुशी लागेको बताए । तीज हरितालिको कार्यक्रमको सम्पूर्ण फोटोग्राफी गर्न पाएकोमा जन तमाङ्गले नेपाली संस्कृतिलाई प्रवासमा पनि जोगाई राखेकोमा नेपाली दिदीबहिनीहरु विदेशमा रहेर पनि नेपाली तीजको गीत र नाचले नेपाली कला सांस्कृति सुरक्षित रहेकोमा धेरै खुशी भएको बताए ।
यस सालको हरितालिका तीजको दर खान र रातो सारीमा छम छामी कम्मर मर्काई नाच्न सम्पूर्ण नेपाली दिदी बहिनीहरुका दुख सुखका अनुभवहरु अदान प्रदान गर्नको लागि आयोजकले नेपाली चेली बेटीहरुलाई विना शुल्क कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको थियो ।
प्रतिक्रिया 4