+
+
Shares

‘श्री’ तिम्रो निधन सुन्दा पत्याउनै गाह्रो'(कविता)

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ५ गते १९:१७

Shreekrishna death rituals (3)
नायक श्रीकृष्ण श्रेष्ठको बारेमा आफूले लेखेको कविता बाचन गर्न सुरु मात्र गरेका डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ एकाएक भकानिए । उनले कविता वाचन गर्न नसकेपछि उद्घोषक दीनेश डीसीले बाचन गरिदिएका थिए । श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्य तिथीमा सुन्दरले कविता तयार पारेका हुन् । सुन्दरले लेखेको कविताले धेरैको मन छोयो, आखा रसायो । सुन्दरले लेखेको कविता यस्तो छ ू

कस्तो जन्म पायौ ‘श्री’ दुनियाकै प्यारो
तिम्रो निधन सुन्दा खेरी, पत्याउनै गाह्रो ।।।
आमा बाउको कान्छो छोरा, आखाको थ्यौ नानी
सबैसित हास्ने बोल्ने, नबिझाउने बानी
संझनामा आउँदै तिमी, घरि घरि रुवायौ
मानव सागर मलामी थे, सलामी नै पायौ
असंख्यको भीडमा पनि, एउटै मान्छे तारो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गाह्रो ‘ ।।।

 

राम्रालाई नै लाँदो रछै, कालले छानी छानी
लोकप्रिय थियौ तिमी, प्रतिभाकै खानी
छोटो आयु भनुँ भने अजम्बरी भयौं
बुढी आमा एक्लै छाडी, झुक्याएर गयौ
अरुले त विर्सन्छन् कि संगीनलाई साह्रो
तिम्रो निधन सुन्दा खेरी, पत्याउनै गाह्रो ।।।

 

खुशि थिए नव जोडी, चुँडी लग्यौ एउटालाई
निष्ठुरी पो रैछन् हरे, के भनुँ खै देउतालाई
राम्रालाई नै स्वर्ग भए ‘श्री’ तिम्लाई स्वर्गै मिलोस्
यहाँ जस्तैैैै स्वर्ग मा नि, तिम्रो सधै कृती फैलोस्
श्रद्धाञ्जली दिदाँ तिम्लाई, बग्छ आँसु धारो
तिम्रो निधन सुन्दा खेरी पत्याउनै गाह्रो ।।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?