Comments Add Comment

डीडीए रिपोर्ट पर्खिन समितिको एनबी कर्मचारीलाई आग्रह

८ भदौ काठमाडौं । बीमा समितिमा धर्ना दिन पुगेका एनबी इन्स्योरेन्सका कर्मचारीलाई ड्यू डेलिजेन्स अडिट (डीडीए) सम्म कुनैपनि आन्दोलन नगर्न आग्रह गरेको छ ।

‘कर्मचारी साथीहरुको टोली नै आएको थियो’ समितिका निर्देशक श्रीमान कार्कीले भने- कम्पनीको डीडीए भइरहेकाले रिपोर्ट नआउञ्जेल कुनै पनि प्रकारका अवरोध सिर्जना नगर्न आग्रह गर्‍यौं, उहाँहरु केही सकरात्मक हुनुभएको छ ।

समितिले कारवाही फुकुवा नगर्दा कम्पनीको अवस्था दयनिय भएको भन्दै कम्पनीको अस्तित्व जोगाउन धर्ना गर्नुको विकल्प नरहेको भन्दै कर्मचारीहरु बीमा समिति घेराउ गर्न पुगेका हुन् ।

कारोबार रोक्का भएपछि एनबीका कर्मचारीहरुले तलवसमेत पाएका छैनन् । बीमा समितिको पटक-पटकका निर्देश्न नमानेपछि एनबीको ८ महिनाअघि कारोबार रोक्का गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment