Comments Add Comment

लण्डनको मेलामा आठ हजार नेपाली

ध्रुबराज अर्याल

London-Nepali-mela-1
बेलायतस्थित नेपाली समुदायको आयोजनामा सञ्चालन हुने सबैभन्दा ठुलो मेला आइतबार लण्डनमा सम्पन्न भयो । तमुधि युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेलामा यस वर्ष झण्डै आठ हजार नेपाली सहभागी भए ।

बेलायतमा नेपाली संस्कृति र परम्पराको प्रबर्द्धन गर्ने  उद्धेश्यले आयोजना गरिएको मेलामा यहांस्थित विभिन्न चौवालिस वटा नेपाली संघसंस्थाले सांस्कृतिक झांकीहरु प्रस्तुत गरेका थिए ।

झांकीमा उनीहरुका आ-आफनो भेष, भुषा, रीतिरिवाज र संस्कृति झल्किएका थिए ।  त्यसक्रममा प्रदर्शन गरिएका विभिन्न लोक नृत्य, कौडा तथा घाटु नाच लगायतले मेलामा उपस्थित दर्शकको मन जित्न सफल रहे ।

मेलामा उत्कृष्ट झांकीका लागि पुन समाज युके र उत्कृष्ट सांस्कृतिक प्रस्तुतिका लगि घाटु नाच प्रदर्शन गरेको लमजुंग समाज युके पुरस्कृत भए । त्यस्तै वर्षभरीमा उत्कृष्ट सामजिक सेवा गर्ने नेपाली संस्थाका रुपमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्ययक्ष काजी शेर्पार्लाई सम्मान गरिएको थियो ।

London-Nepali-mela-2

लण्डनकोकेम्प्टन पार्कमा आयोजितमेलामा राखिएका दर्जनौं व्यापारिक स्टलहरु उपस्थित दर्शकको लागि मुख्य आकर्षण बनेका थिए । विभिन्न नेपाली परिकारहरु उपलब्ध दर्जनौं खानाका स्टल र बिक्रिकालागि राखिएका नेपाली सरसामानका स्टलहरुमा दर्शकहरु झुम्मिएका देखिन्थे ।

विभिन्न नृत्य प्रतियोेगिता, तेक्वान्दो खेल प्रदर्शनी तथा र्याफल चिठ्ठा लगायतका कार्यक्रमले पनि  मेलामा रौनकनता थपेकाथिए ।

मेलाका संयोजक तथा आयोजक तमुधि युकेका उपाध्यक्ष ज्ञाम गुरुंगले बेलायतस्थित सबै नेपालीबीच आपसी सदभाव र भाइचाराको भावना बढाउन मेलाले सहयोग गरेको धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथी एवम कार्यवाहक राजदुत तेजबहादुर क्षेत्रीले मेलाले बेलायतको नेपाली समुदायलाई एकताबद्ध गरेको भन्दै प्रशंसा गरे ।
तमुधि युकेले सन् २००९ देखि हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ ।

London-Nepali-mela-3 London-Nepali-mela-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment