अनलाइनखबरसँगको कुराकानीका क्रममा नायिका रेखा थापाले कलाकार भएर कलाकार कै स्थानमा रहनुपर्ने भएकाले स्टारडम यसै नबन्ने बताइन् । फिल्म भन्दा बाहेक अन्य स्थानमा धेरै उपस्थिती जनाउँदा कलाकारको स्टारडम नबन्ने तर्क उनको छ ।
उनले घुमाउरो शैलीमा भनिन्-‘बरु फुटपाथमा बसेर पानीपुरी खाँदा कुनै कलाकारको ईज्जत जाँदैन, तर पाँचतारेमा नानाथरी गर्दै हिड्नु भएन ।’ उनको यो घुमाउरो घोचाई कसलाई थियो, यो उनले नै जान्ने कुरा हो ।
म्युजिक भिडियोमा किन नाच्छन् फिल्मी कलाकार ?
म्युजिक भिडियो कहिल्यै खेल्दिँन : रेखा थापा
– See more at: http://www.onlinekhabar.com/2014/08/182646/#sthash.t1MOmy8K.dpuf
म्युजिक भिडियोमा किन नाच्छन् फिल्मी कलाकार ?
म्युजिक भिडियो कहिल्यै खेल्दिँन : रेखा थापा
– See more at: http://www.onlinekhabar.com/2014/08/182646/#sthash.t1MOmy8K.dpuf
बिशेषगरी, अन्य नायिकाहरुलाई सुझाव र आलोचना दुबै गर्न माहिर मानिएकी रेखाले फुटपाथमा पानीपुरी खाँदा दर्शकले कुनै कलाकारलाई गरिब नसोच्ने तर पाँचतारेमा पुगेर नानाभाती गर्दा तल्लो दृष्टिकोणले हेर्ने समेत जनाइन् । रेखाले ‘नानाभाती’ भनेर कुन कुराको इङ्कीत गर्न खोजेकी हुन्, वुझ्न धेरै समय घोत्लनु पर्दैन । उनले अन्य नायिकाहरुलाई जहाँ पनि पुगेर, टेलिभिजनमा धेरै अनुहार देखाएर सस्तो नहुन समेत आग्रह गरिन् ।
म्यूजिक भिडियो कहिल्यै खेल्दिन : रेखा थापा
‘हिम्मतवाली’लाई ‘पीजी’
यसैविच नायिका थापाकै निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘हिम्मतवाली’ले ‘पीजी’ सर्टिफिकेट पाएको छ । फूलपातीको अवसरमा प्रदर्शनमा आउन लागेको यो सिनेमाको केही लफडाका विच सेन्सर पास भएको हो ।