१३ भदौ, पोखरा । पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ ।
तीजको उपलक्ष्यमा स्थानीय नवआदर्श सामुदायिक विकास समाजले लामाचौरमा आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी बलको टीमलाई तीन एक को सेटले पराजित गर्दै न्यू डाइमण्डले उपाधि जितेको हो ।
उपाधिसँगै यू डायमण्डले नगद ५० हजार र ट्रफी हात पारेको छ । प्रतियोगितामा नेपाल प्रहरी तेस्रो भयो भने पश्चिमाञ्चल भलिबल संघको टीम चौथो भयो ।
न्यू डायमण्डले विधागत रुपमा तीन उपाधि भित्र्याएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ६ टीमले भाग लिएका थिए ।
यस्तै, अन्तरविद्यालय स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि भने रामघाटको टप्स उच्चमाविले जितेको छ ।
फाइनलमा नोवेल इण्टरनेश्नल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै २५ हजार १ सय १ पुरस्कार प्राप्त गर्यो । उपविजेता नोबेले भने १५ हजार १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । खेलमा ७ टीमले सहभागिता जनाएको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
तस्वीरः उमेश पुन
प्रतिक्रिया 4