+
+
Shares

चालकले सडकमा ट्रिपर तेर्स्याउँदा सर्वसाधारणलाई सास्ती (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १९:१०

tinkune  Jam

देश ठप्प पार्ने चेतावनी
१३ भदौ, काठमाडौं । सरकारले ढुंगा, गिट्टी निकासीमा रोक लगाउँदा व्यवसाय धरापमा परेको भन्दै टि्रपर तथा ट्रक चालकहरुले शुक्रबार सडकमा सवारी तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । जसका कारण झण्डै चार घन्टा राजधानीको यातायात आवागमन अस्तव्यस्त भयो ।

४ घन्टासम्मपछि मात्र प्रहरीले बल प्रयोग गरेर सडक सुचारु गरेको छ । नेपाल टि्रपर तथा ट्रक व्यवसायी समितिले तीनकुनेमा एकतर्फको बाटो अवरुद्ध हुने गरी सवारी साधान तेर्स्याएका थिए ।

गुड्ने गाडीहरुलाई प्रहरी आफैंले चलाएर साइड लगाएको छ भने अन्यलाई क्रेन प्रयोग गरेर हटाएको छ ।

त्यसक्रममा केहीबेर झडप समेत भएको थियो । ‘प्रदर्शनकारीले ढंगामुढा गरेपछि हामीले स्थितिलाई नियन्त्रणमा लिएका हौं’ डीएसपी रमेशकुमार तामाङले अनलाइनखबरसँग भने ।

Truck jam 2

तर, व्यवसायीहरुले भने देशै ठप्प पार्ने चेतावनी दिएका छन् । संघका उपाध्यक्ष शेर बहादुर कुँवरले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको अरोप लगाए । उनले भने-तत्काल हाम्रा साथीहरुको रिहाई नभए देशै भरका मालवाहक ट्रक तथा टि्रपरहरु सडकमा उतारेर यातायात ठप्प पार्छौं ।’

राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठले भने झडपका क्रममा एक सयभन्दा बढी मजदुर घाइते भएको दावी गरे । ‘हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएका हौं’ उनले अनलाइनखबरसँग भने-शान्तिपूर्ण आन्दोलनमा दमन भएको छ । अब नयाँ चरणको आन्दोलन गर्छौं ।’ 

Truck jam 1

ट्रिपर तथा ट्रक चालकहरुको आन्दोलनलाई राष्ट्रिय यातायात व्यवसायी महासंघले समर्थन गरेको छ । सरकारले चुरे संरक्षणका नाममा ढुंगा, गिट्टी निकासीमा रोक लगाउँदा टि्रपर तथा ट्रक मजदुर बेरोजगार भएको महासंघका सरोज सिटौलाले बताए ।

‘४५ दिन भो काम नपएको टि्रपर घरमा थन्किएर बसेको छ’ उनले भने-‘चुरे बचाउनुपर्छ हाम्रो पनि त्यसमा समर्थन छ । तर, पूर्वाधार तयार नगरी निर्णय हुँदा ढुवानी क्षेत्रलाई असर गरेको छ । सरकारले चाँडो निकास दिनुपर्‍यो ।’

Truck jam 4

Truck jam

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?