Comments Add Comment

एलजी र सामसुङले ल्याए नयाँ स्मार्ट घडी, एप्पलको एक सातापछि

स्मार्टवाचको दुनियाँमा अमेरिकी कम्पनी एप्पलको प्रवेश हुने समय नजिकिँदै गर्दा दक्षिण कोरियाली कम्पनी एल जी र सामसुङले नयाँ स्मार्टवाच सार्वजनिक गरेका छन् ।
यसअघिका स्मार्टवाचभन्दा नविन प्रविधि र बढि सेवासुविधायुक्त स्मार्ट घडी सार्वजनिक गरेका दुई कोरियाली कम्पनीले नयाँ स्मार्ट घडी थप फेसनेवल समेत भएको दाबी गरेका छन् ।
सामसुङ गियर एस

सामसुङले ल्याएको नयाँ स्मार्ट वाच ‘गियर एस’ मा घुमाउरो स्त्रिन रहेको छ । प्रयोगकर्ताले घडीबाटै फोन गर्न र उठाउन सक्नेछन् । घडीलाई सधै कनेक्टेड राखिराख्न ब्लुटुथ र वाईफाई पनि उपलब्ध छ ।

samsung_gear_s_white_blackसामसुङको आफ्नै टीजेन अपरेटिङ सिस्टमबाट संचालिन गियर एस घडीमै सिम राख्ने सुबिधासमेत छ । यो घडीको पछिल्लो भागमा हार्ट रेट सेन्सरसँगै रहेको छ ।
दुई इन्चको घुमाउरो डायल भएको घडीमा १ गिगाहर्जको डुयल कोर प्रोसेसर र ५१२ एमवी र्‍याम छ । ४ जीवी इनबिल्ट मेमोरी भएको घडीको ब्याट्री एकपटक चार्ज गरेपछि दुई दिनसम्म चलाउन पुग्छ ।

सामसुङ गियर एस स्मार्टवाचको पछाडीको भाग
सामसुङ गियर एस स्मार्टवाचको पछाडीको भाग

धुलो र पानी नछिर्ने गियर एसमा फोनमा आएका म्यासेज, सोसल मिडिया नोटिफिकेसन, क्यालेन्डरका संकेत घडीको स्त्रिmनमा हेर्न सकिने छ । स्त्रिmनमै किबोर्ड रहेको घडीमा भ्वाइस कमाण्ड सुबिधा पनि छ । यो घडी अक्टुवरदेखि सर्वसाधारका लागि उपलब्ध हुने छ ।

एलजीको जी वाच आर

एलजीले सार्वजनिक गरेको स्मार्ट वाच ‘जी वाच आर’ को डिजाइन झट्ट हेर्दा परम्परागत नाडी घडीकै जस्तो देखिन्छ । प्लास्टिकको चेन र मेटल डायलयुक्त एलजी स्मार्टवाच कालो रंगमा मात्र उपलब्ध हुने छ ।

lg_g_watch_r_blackएन्ड्रोइड वेयर सिस्टमबाट चल्ने जी वाचमा ४ जीवी डाटा स्टोरेज र ५१२ एमवी र्‍याम रहेको छ ।
हेल्थ र फिटनेस एपसमेत जडित यो घडीमा अन्य स्मार्ट घडीमा जस्तै नोटिफिकेसन, कल गर्ने र राख्ने, आगामी कार्यक्रमबारे जानकारी दिने सुबिधा छन् । यसको मूल्य युरोपेली बजारमा करिव ३ सय युरो पर्ने बताइएको छ । यो मूल्य अहिलेसम्म उपलब्ध स्मार्टवाचमध्ये सवैभन्दा धेरै हो ।
एप्पलको आईवाच
एप्पलले सेप्टेम्बर ९ तारिखमा आइफोन-६ सँगै आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरिरहेको टेक्नोलोजी साइट रिकोडले जनाएको छ ।
आउँदो हप्ता बर्लिनमा हुने अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा अन्य कम्पनीहरुले समेत स्मार्टवाच सार्वजनिक गर्ने र उक्त प्रदर्शनी स्मार्ट घडी विशेष हुने अनुमान धेरैले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment