Comments Add Comment

फोहोर बोकेको गाडी गुड्न नदिने चेतावनी

१४ भदौ, काठमाडौं । गोलढुंगा र जितपुरफेदीबासीले पासाङ ल्हामु सडक खण्डमा फोहोर बोकेको गाडी गुड्न नदिने चेतावनी दिएका छन् ।

एकीकृत ग्रामिण विकास समाज नेपाल र गोलढुंगा र जीतपुरफेदी संघर्ष समितिले सयंुक्त पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका हुन् ।

गोलढुँगा एकीकृत ग्रामिण विकास समाज नेपालका संयोजक सीताराम रेग्मीले फोहोरमैला ढुवानीका कारण सडक स्थानीयवासीले पीडा खेेप्नुपरेको बताए । उनले भने-दुर्गन्धका कारण त्यहाँ एक सेकेन्ड पनि बस्न सक्ने अवस्था छैन। मान्छेको स्वास्थ्य भन्दा ठूलो कुरा केही पनि हुँदैन । त्यसैले सरकारले चाँडो वैकल्पिक सडकको व्यवस्थापन गर्नुपर्छ ।’

विगतमा सरकारले आफ्ना माग पुरा गर्छु भनेर पटक-पटक प्रतिबद्धता गरेपनि कार्यन्वयन नभएको भन्दै उनले अब सरकारसँग वार्तामा नै नबस्ने चेतावनी दिएका छन् ।

गोलढुँगा र जीतपुरफेदी संघर्ष समितिका संयोजक बासुदेब लामा र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले पनि भदौ १८ गतेबाट सडकमा फोहोरमैलाको गाडी चल्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment