+
+
Shares

कौन बनेगा करोडपतिमा दीपिका र अर्जुनको डान्स

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १५ गते ८:५४

arjun-dipikaमुम्बई । दीपिका पादुकोण र अर्जुन कपूरसंगै अमिताभ बच्चनले कम्मर मर्काएर नाचेका छन् । चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा अतिथीमा रुपमा सहभागी दीपिका र अर्जुनले फाईन्डिङ फनीको एउटा गीतमा अभिताभसंगै डान्स गरेका थिए ।

आम भारतियको विचमा लोकप्रिय हुँदै आएको कार्यक्रम कौन बनेगा करोडपतिमा सर्व साधारणको अतिरिक्त कलाकारलाई पनि बोलाउने चलन छ । यही शिलसिलामा अमिताभले दीपिका र अर्जुनलाई निम्ता दिएका थिए ।

अमिताभको निम्तो मान्न कौन बनेगा करोडपतिमा पुगेको दीपिका र अर्जुनले फिल्मको ‘शेक योर बुटिया…बोलको गीत डान्स गरेका थिए ।

यो गीत अहिलेको चर्चित मानिन्छ भने यही  गीतलाई दर्शकले निकै मन पराएका छन् । युटुबमा पनि यहि गीतलाई पछ्याउनेको संख्या दिनदिनै बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?