Comments Add Comment

बागलुङका २३ वेपत्ताको स्थिति अझै अज्ञात

१५ भदौ, बागलुङ । बागलुङमा बेपत्ता भएकाहरुको स्थिति अझै अज्ञात रहेको छ । बेपत्ता दिवसको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका थिए ।
द्वन्द्वकालीन समयमा बागलुङबाट २३ जना व्यक्ति बेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात रहेको एड्भोकेसी फोरम धौलागिरीका संयोजक राम शर्माले बताए ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन खोजे पनि त्यो विवादस्पद भएको हुँदा कार्यान्वयनमा समस्या आउने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी वेपत्ता परिवारका केन्द्रीय सदस्य विमल केसीले भने-‘देश शान्ति प्रक्रियामा प्रवेश गरेको ७ वर्ष बितिसक्यो तर बेपत्ता भएका व्यक्तिको बारे राज्य पक्ष मौन छ । प्रत्येक वर्ष वेपत्ता दिवस मनाउँदै जाने तर वेपत्ता परिवारले आफ्ना आफन्तको बारे केही सूचना पाउन सक्ने अवस्था नहुनु दुःखको विषय हो । सरकार यस विषयमा गम्भीर हुनुपर्छ । ‘
विश्व श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment