Comments Add Comment

इजरायलमा ५ हजार नेपालीलाई कृषि तालिम दिने राजदूतको घोषणा

yarun meyar१५ भदौ, काठमाडौं । नेपालीहरुको रोजगारको भरपर्दो गन्तव्य बन्दै आएको इजरायलले नेपाली युवाहरुका लागि अर्को भरपर्दो अवसर प्रदान गर्ने भएको छ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत यारोन मेयरले ५ हजार नेपालीलाई इजरायलमा कृषि तालिम एवं रोजगारी प्रदान गरिने बताएका छन् ।

इजरायलले पाँच हजार नेपालीलाई कृषि तालिम दिने यारोनले बताएका छन् । तालिमसँगै प्रशिक्षार्थीले एक लाख रुपैयाँभन्दा बढी मासिक पारिश्रमिकसमेत पाउनेछन् । इजरायलले साना किसान विकास बैंकसँगको सहकार्यमा यस्तो प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

जारी कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत १० महिने कृषि तालिम कार्यक्रममा सहभागी गराउन नेपाली युवालाई इजरायल लैजान लागिएको हो । गत वर्ष २ सय ५ जनालाई तालिम दिन इजरायल लगिएको थियो ।
यस वर्ष प्रशिक्षार्थीको संख्या बढाएर ५ हजार १५ जनालाई लैजान लागिएको राजदूत मेयरले जानकारी दिए । उनले देशका विकासका लागि कृषिमा विकास गर्नुपर्ने उनले बताए ।

आˆनो कार्यभार सम्हाल्न यसैसाता काठमाडौं आइपुगेका मेयरले कृषि विकासको प्रचुर सम्भावनायुक्त नेपालले युवा कृषकहरूबाट उत्पादन र उत्पादकत्वमा व्यापक वृद्धि गर्न सक्ने सम्भावना औंल्याएका छन् ।

विगतमा कृषि प्रशिक्षार्थीका रूपमा इजरायल गएका नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेको कामप्रतिको समर्पण, मेहनत र कौशलताका कारण आफ्नो देशको सरकारले नेपाली प्रशिक्षार्थीेका लागि यो वर्ष तालिम कोटामा बढाएको उनले जानकारी दिए ।

इजरायल नेपाली महिला कामदारहरुका लागि राम्रो गन्तव्य मानिन्छ । महिलाहरु घरेलु काममा जाने गरेका छन् भने अत्याधुनिक खेती प्रणाली अपनाउँदै आएको इजरायलको कृषि फार्ममा नेपाली पुरुष कामदारहरु जाने क्रम बढेको छ ।

नेपाल सरकारले कोरियामा जस्तै इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने व्यवस्था गर्ने बताइरहेका बेला इजरायली राजदूतले नेपाली युवालाई कृषि तालिम दिने बताएका हुन् ।

यसैबीच, राष्ट्रपति डा. रामवरण यादवसमक्ष नवनियुक्त राजदूत मेयरले आउँदो बिहीबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपालस्थित इजरायली राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment