Comments Add Comment

बाग्डोल सेवा समाजद्धारा बाढीपीडितलाई १ लाख सहयोग

१५ भदौ, काठमाडौं । बाग्डोल सेवा समाज ललितपुरले बाढीपीडितका लागि १ लाख ११ हजार ३ सय ६ रुपैयाँ सहयोग गरेको छ । समाजले आइतबार प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष राजेश कार्कीले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम उल्लेखित चेक हस्तान्तरण गरेका थिए ।
व्यवस्थित रुपमा संकलित राहत पीडितका हातमा पुग्ने व्यवस्था मिलाउन पनि कार्कीले प्रधानमन्त्री समक्ष आग्ह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले पीडितले सहज रुपमा राहत पाउने र यसको दुरुपयोग नहुनेमा विश्वस्त पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment