Comments Add Comment

चौधरी समूह जापानको निकट मित्र : जापानी राजदूत

Binod-Chaudhary-and-Japani-Ambesdar
जापानीज राजदूत मासाशी ओगावा र चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरी हात मिलाउँदै । साथमा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरी

१६ भदौ काठमाडौं । जापानी राजदूतले नेपालको औद्योगिक घराना चौधरी समूह जापानको अत्यन्तै निकटको मित्र भएको बताएका छन् ।

चौधरी समहुको अवलोकन गर्न मुख्यालय सानेपा पुगेका मासाशी ओगावाले यस्तो बताएका हुन् । चौधरी ग्रुप जस्तो औद्योगिक घरानाको भ्रमण गर्न पाउनु आफ्ना लागि खुसीको क्षण रहेको बताए ।

जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वाससमेत दिलाए । सो अवसरमा समुहका अध्यक्ष  विनोद चौधरीले जापानी लगानीकर्ताहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य रहेको बताएका थिए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालको लगानीको वातावरणका बारेमा पक्कै पनि निश्चिन्त हुन सकिरहेका छैनन् । तर, जसले यहाँं लगानी गरेका छन् उनीहरुले अपेक्षाभन्दा धेरै मुनाफा आर्जन गरिरहेका छन्’ अध्यक्ष चौधरीले भभने -जापानी लगानीकर्ताहरुका लागि पनि यो निकै आकर्षक अवसर हो । उनीहरुलाई यस बारेमा जानकारी दिनु आवस्यक छ ।’

चौधरीले जापान र सिंगापुर जस्ता विकसित मुलुकमा गरिने लगानीको तुलनामा पनि नेपालमा गरिने लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुने बारेमा राजदूत ओगावाको ध्यानाकर्षण गराए ।

उनले जापानी लगानीकर्ताहरुसँगको साझेदारीका लागि समेत नेपाली निजी क्षेत्र तयार रहेको बताए । नेपाली श्रम र जापानी प्रविधिबीचको साझेदारीबाट नेपालको आर्थिक विकासमा ठोस योगदान पुग्ने विश्वास उहाँंले ब्यक्त गरे ।

समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले समुहले फैलाउदै लगेका लगानीका क्षेत्रहरु र यसबाट नेपाली अर्थतन्त्रमा पुगेको सकारात्मक प्रभावका बारेमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment