Comments Add Comment

भानहालको नियम-खेलको एकदिन अघि मोबाइल बुझाउनु

Manchester-United
१८ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक लुइस भान हालले खेलाडीहरुलाई खेल कुनै पनि खेलको एक दिन अघि मोबाइल बुझाउनु पर्ने नयाँ नियम लागू गरेका छन् । साथै कुनै खेलाडी ब्रेकफास्टमा ढिलो आएमा बिहानको खेलमा ड्रप गर्ने उनको नियममा छ ।

भानहालको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगका ३ खेल खेलिसक्यो तर, कुनै पनि खेलमा जित निकाल्न सकेको छैन् ।लिगको पहिलो खेलमै स्वानसीसँग पराजित युनाइटेडले सन्डरल्याण्ड र बर्नलीसँग बराबरी गरेको थियो भने क्यापिटर वान कपमा एम के डोन्ससँग ४-० को हार व्यहोरेको थियो ।

नयाँ नयाँ नियम ल्याउन मन पराउने भानहालले अयाक्समा रहँदा बे्रकफास्टमा एक मिनेट पनि ढिला हुँदा खेलाडीलाई जरिवाना तिराउने नियम लगाएका थिए । यदि दोहोरियो भने फाइन दोब्बर हुन्थ्यो । खाना खाने समयमा पनि खेलाडीहरुले उनीसँगै खाना पथ्र्यो भने उक्त समउमा पनि फुटबलकै कुरा गर्नु पथ्र्यो ।

यूनाइटेडमा पनि उनले पहिलो रोजाइका र यूवा टिमलाई सँगै १ बजे खाना खानु पर्ने नियमा लगाएका छन् । उनले यूनाइटेडको क्यारिङटन टे्रनिङ सेन्टरमा ५ लाख पाउन्ड पर्ने एच डी क्यामेरा समेत राख्न लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment