+
+
Shares

महिलाको सम्मान गर्दैनन् भारतीय : सोनम

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १९ गते ९:३५

sonam-kapoor
मुम्बई । फिल्ममा असफल भएर के भो त ? कुनै पनि विषयमा टिप्पणी गर्न निकै सिपालु छिन् सोनम कपुर ।

अभिनेता अनिल कपुरकी छोरी सोनमले अन्तराष्ट्रिय समाचार संस्था बीबीसीसँग कुरा गर्दै भारतीय समाजले नारीलाई सम्मान गर्न नजानेको कुरा गरेपछि उनका विषयमा विभिन्न टिका टिप्पणी गरेका छन् ।

आम भारतीय पुरुषहरुको महिलाप्रतिको हेराई नकारात्मक भए जस्तो लाग्छ उनलाई । उनी भन्छिन-‘भारतीय पुुरुषहरु महिलालाई सकेसम्म दबिएर बसेको हेर्न चाहन्छन् र महिलाहरुले पनि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा उनीहरुको चाहना पूरा गरेका छन् ।’

पुरुषहरुको भर परेकै कारण महिलाहरु पछि परेको धारणा राख्दै उनले आफ्नो खुट्टामा उभिने प्रयास महिला आफैले गर्नुपर्ने बताईन् ।
‘अबको जमानामा कसैले पनि कसैको आश्रयको अपेक्षा गर्नु हुँदैन । आफ्नो लागि आफै केही गर्नुपर्छ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?