+
+

धरानबाट सुरु भयो ‘नेपाली तारा’को अडिशन, २२ प्रतियोगी दोश्रो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १९ गते १२:०७

nepali-tara-adison
‘नेपाली तारा ३’को अडिशन धरानबाट सुरु भएको छ । धरानका प्रतिभाहरुले तयारीका साथ यो प्रतिस्पर्धामा भाग लिएका छन् । जसमध्ये २२ जना प्रतियोगी दोश्रो चरणका लागि छानिएको आयोजकले  जनाएको छ । मुल्यांकनकर्ताको रुपमा रहेका गायक रामकृष्ण ढकाल, संगीतकारद्धय सुरेश अधिकारी र प्रकाश गुरुङले यसपटक प्रतिस्पर्धीहरु निक्कै तयारीका साथ आएको बताए ।

धरान अडिशनका लागि ९४३ प्रतियोगीहरु सहभागी भएका थिए । जसबाट १४ पुरुष र ८ महिला दोश्रो चरणमा पुगेका हुन् । कार्यक्रम प्रस्तोताको रुपमा गायकद्धय सन्तोष लामा र धवेन्द्र सेवान रहेका छन् । प्रतियोगीताको विजेताले २ लाख ५१ हजार नगद, एउटा मोटरसाइकल र ३ वटा गीतमा गाउने अवसर पनि पाउँनेछन् ।

आज नारायणगढमा अडिशन सुरु भएको छ । यसपश्चात बुटवल, पोखरा, भक्तपुर र काठमाण्डौमा अडिशन हुने जनाइएको छ । adition-ko-line

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?