Comments Add Comment

गरिबी घटाउने कार्यक्रममा राजनीति नगरौ : अर्थमन्त्री

२५ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले गरिबीबाट जनतालाई मुक्ति दिलाउने कार्यक्रममा कसैले राजनीति गर्न नहुने बताएका छन । गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्ने सरकारको मूल एजेण्डा भएकाले यसमा राजनीति नगर्न उनले आग्रह गरेका हुन् ।

‘अब गरिबलाई माथि उकास्ने कार्यक्रममा कसैले पनि राजनीति गर्नु हुँदैन’ जलविद्युतको प्रवर्द्धनका लागि भएका टीका टिप्पणीप्रति संकेत गर्दै उनले भने । चालु बर्षको बजेटमा गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्ने प्रशस्त कार्यक्रमहरु राखिएको उनले बताए ।

जापान नेपाल क्लिन इनर्जी प्रालिको सहयोगमा मोरङको बुधबारे अवस्थित स्थानीय इलाका अस्पतालमा  जडित सौर्य उर्जा सञ्चालनको शुभारम्भ गर्दै महतले भने- राजनीति नगर्ने हो भने नेपालको अपार स्रोतबाट मुलुकले ठूलो फड्को मार्न सक्छ । सरकारमा पछि जो पनि आउन सक्ने उल्लेख गर्दै उहाँले विकासमा राजनीति नगर्न सम्बद्ध सबैलाई आग्रह गरे ।

कृषि, जलस्रोत र पर्यटनको विकासबाटै गरिबीको रेखामुनि रहेका जनताको स्तरोन्नती हुने सूत्र भएको उनले बताए । जलविद्युत मात्र होइन, घामको सदुपयोग गरेर पनि नेपालले प्रचुर फाइदा लिने उनले बताए । घामको सदुपयोग गर्नका लागि चालु आर्थिक बर्षको बजेटमा घरघरमा सौर्य उर्जा जडान गर्ने कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसबाट लाभ लिन सबैलाई आग्रहसमेत गरे ।

उर्जा नै आधुनिक अर्थतन्त्रको मेरुदण्ड भएको चर्चा गर्दै उनलेे उर्जाको विकासका लागि सरकारले आयकर तथा अन्य करहरु छुट दिएर प्रोत्साहन गरेको बताए । ‘सरकारले तीन बर्षभित्रमा लोडसेडिङको अन्त्य गर्ने संकल्प गरेको छ । अव प्रत्येक गाउँमा उज्यालो पुग्नेछ । उद्योगधन्दाहरु पनि प्रशस्त खुल्नेछन । बिद्युतको अभाव छ भन्ने गुनासो आउनेछैन’ उनको भनाई थियो ।

त्यसैगरी, कृषि क्षेत्रको उन्नतिको लागि सरकारले ६ प्रतिशत ब्याजमा कृषि ऋणको व्यवस्था गरेको स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले किसानहरुलाई उक्त सुविधाको उपयोग गर्न आग्रह गरे । महतका अनुसार कृषिमा यति धेरै संभावना भएको मुलुकले बर्षेनी १०० अर्बभन्दा बढीको कृषि उपज आयात गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment