Comments Add Comment

आइटी पार्क सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

Subishu-can-saftake
२६ भदौ काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले आगामी असोज एक गते सूचना-प्रविधि पार्क सञ्चालनको प्रस्ताव मन्त्रीपरिषदमा पठाउने बताएका छन् ।

बिहीबार राजधानीमा सुबिसु क्यान सफ्टेक-२०१४ को उदघाटन गर्दै पौडेलले यस्तो बताएका हुन्  । काभ्रेको धुलिखेलमा आइटी पार्कका लागि पूर्वाधार तयार भइसकेको छ ।

‘आगामी असोज एक गते आइटी पार्क सञ्चालन सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा पठाउँदैछ’ सचिव पौडेलले भने- ‘मन्त्री परिषदले स्वीकृत गरे एक वर्षभित्र पार्क सञ्चालनमा आउने छ ।

गुणस्तरीय जनशक्ती, व्यवसायी र सरकारको त्रिपक्षिय समन्वयमा पार्क सञ्चालनमा ल्याउने सचिव पौडेलले स्पष्ट पारेका छन् । आइटी पार्क सञ्चालनमा आएमा सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिने उनको विश्वास थियो ।

सचिव पौडेलले सरकारले विज्ञान तथा प्रविधि सम्ताह मनाउने तयारी गरेको समेत उद्घाटन समारोहमा बताए । विज्ञान तथा प्रविधि सप्तामा सूचना प्रविधि व्यवसायीहरुलाई सहभागि गराउने उनले जानकारी दिए ।

विकासका लागि सूचना-प्रविधि : सभामुख

सोही कार्यक्रममा सभामुख सुवाषचन्द्र नेम्बाङले मुलुकको विकासका लागि सूचना प्रविधि अत्यावश्यक भएको बताएका छन् । आइटीका माध्यमबाट विकासको गतिमा लम्किन छिमेकी देश भारत र चीनबाट सिक्नुपर्ने उनको भनाई थियो ।

मुलुकको परिवर्तनका लागि विज्ञान तथा प्रविधिको ठूलो भूमिका हुने भएपनि यो मन्त्रालय राजनीतिक दलहरुको रोजाईमा नपरेको सभामुख नेम्बाङले गुनासो समेत गरे ।

नोपालमा ज्ञान र सीपमा आधारित उद्योगको ठूलो सम्भावना रहेको औंल्याउँदै नेम्बाङले भने- सूचना प्रविधि नै ज्ञान र प्रविधिको मूख्य आधार हो । सूचना प्रविधिमा आधारित सेवालाई निर्यात गर्नसक्ने हैसियत बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

बिहीबारदेखि सुरु भएको सुबिसु क्यान सफ्टेक मेला शनिबारसम्म चल्ने बताइएको छ । मेलामा सूचना प्रविधिसँग आधारित १ सय ४२ वटा स्टलहरु रहेका छन् ।

मेलामा कम्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टीभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफट्वेरहरु प्रदर्शनीमा राखिएको छ ।

त्यसैगरी सेवा सम्बन्धि क्षेत्रमा इन्टरनेट सेवा, केवल तथा टेलिभिजन सम्बन्धि सेवाका स्टलहरु रहेका छन भने सोलुशनको क्षेत्रमा सेक्युरिटी सोलुशन, वायरलेश सोलुशन, पि्रन्टिङ सोलुशन, पावर सोलुशन र विभिन्न एप्लीकेशन सहितका ट्याबलेटहरुसँग सम्बन्धित स्टलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment