Comments Add Comment

नयाँ संविधानमा प्रवासी नेपालीको मताधिकारको माग

काठमाडौं । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुले अब बन्ने नयाँ संविधानमा प्रवासी नेपालीले मताधिकार गर्न पाउनुपर्ने माग गरेका गरेका छन् ।

‘मुलुकमा रोजगारीको अभावकै कारण हामी विदेशिनु पर्ने बाध्यता छ’, नेपाली एकता समाज भारतका अध्यक्ष ऋषीराम पुनले भने-‘जुन ठाउमा रहेका नेपालीहरुको मताधिकारको ग्यारेन्टी हुनु पर्छ ।’

प्रवासी नेपालीहरुको संगठन नेपाली एकता समाज, भारतले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन गरी आफूहरुको मागकोबारेमा सरकारको ध्यानाकर्षण गराएको हो । प्रवासी नेपालीहरुको मताधिकारको माग आफूहरुले पहिलैदेखि गर्दै आए पनि कसैले नसुनेको समाजका अध्यक्ष पुनले गुनासो गरे ।

नयाँ बन्ने संविधानमा भारत तथा प्रवासमा रहेका प्रवासी नेपालीहरुको माग पूरा नभए आफूहरुले आन्दोलन गर्नुको विकल्प नहुने उनले बताए ।

नेपाली एकता समाज, भारतका अध्यक्ष पुनले नेपालको हित विपरित भएका कुनै पनि सम्झौताविरुद्ध आफूहरुले भारतमा रहेर जनमत सिर्जना गरी आन्दोलन गर्न पछि नपर्ने जनाए ।

प्रवासी नेपालीहरु हेमराज ढुंगाना, राजु भुजेल लगायतले नेपाल सरकारले भारतमा बसोबास गर्ने नेपालीहरुको समस्या र आफूहरुको माग प्रति वेवास्ता गरेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment