+
+

सोमबारदेखि मौसममा सुधार आउने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २८ गते १७:५३

२८ भदौ, काठमाडौं । पूर्वी उत्तर क्षेत्रमा न्यून चापीय क्षेत्रको विकास भएका कारण मौसम बदली भई देशभर पानी पर्ने क्रम जारी छ ।

न्यून चापीय क्षेत्रको विकासले बाक्लो बादल बढेपछि सोको प्रभाव नेपालमा परेकाले मुलुकभर पानी पर्नेक्रम अझै केही दिन जारी रहने मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार यो क्रमशः पूर्वतिर सर्दै गएकाले नेपालको पूर्वी, केन्द्रीय र केही पश्चिमी भेगमा बढी असर परेको छ, तथापि आगामी सोमबारदेखि मौसममा सुधार आउनेछ ।

अब केही दिनसम्म देशका पूर्वी र केन्द्रीय भेगमा बढी मौसम गडबड भई पानी पर्ने छ । मौसमविद् रिमालले विभागमा तीन दिनको मात्र मौसम पूर्वानुमान क्षमता भएकाले मौसमका बारेमा यकिन जानकारी दिन नसकिने बताए ।

भारतमा सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने क्षमता रहेको बताइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र केन्द्रीय भेगमा आइतबार र सोमबार पानी पर्नेछ भने पश्चिमी भेगमा आंशिक बदली भई हल्का पानी पर्नेछ ।

शनिबार सिमरामा सबैभन्दा बढी ६६ र भैरहवामा ३७ मिमि वषर्ा भएको छ । काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २५ डिगि्रसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?