+
+

मलेसिया पठाइएको कन्टेनर धादिङ नपुग्दै खाली

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते ६:२३

२९ भदौ, काठमाडौं । राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट काट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ ।

घटना यही भदौ २० गतेको हो । भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो । बेलाबेलामा कुनै सुरक्षा निकायले स्कटिङ गरेझै गरी सुरक्षाका गाडी अघिपछि हुँदै काठमाडौं छिर्‍यो । भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो । त्यसपछि उसैगरी ट्रक लाग्यो वीरगन्जतिरै ।

सुरक्षासमेत दिइएको आभास पाएपछि प्रहरीको विशेष व्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा राख्यो । धादिङको गजुरी पुगेपछि त्यसको परीक्षण गर्दा ट्रक उस्तै खाली थियो तर कन्टेनरमा भन्सारको छापमात्र होइन कोलकाता हुँदै मलेसियासम्म निर्वाध पुग्न सक्नेगरी विमानस्थल भन्सारको पत्र पनि त्यही रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रहरी स्रोतका अनुसार काठमाडौं आउँदा र र्फकदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा दिएजस्तो देखिएपछि विशेष व्युरोको टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकका ड्राइभरमात्र फेला परे तर उनको साथमा भन्सारका सक्कली कागजात थिए । विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै निकालेर खाली कन्टेनर लगेको बयान ड्राइभरले दिएका छन् ।

यो प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विधाग हरिहरभवनका निर्देशक कालीप्रसाद पोख्रेलले कन्टेनर किन खाली गरियो भन्ने खुल्न बाँकी रहेको बताए । उनका अनुसार चार हजार केजी चिया मणिराम पुरी भन्ने व्यक्तिले सिल भइसकेको कन्टेनरबाट झिकेर लगेकेा थाहा पाएपछि पुरीलाई भदौ २६ गते पक्राउ गरिएको छ । ‘उनीसँग प्रारम्भिक बयानमात्रै लिइएको छ,’ निर्देशक पोखरेलले भने, ‘एअरपोर्टले निकासी दिएको छ तर सामान छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?