+
+

संसदीय पत्रकारको अधिवेशन कात्तिक एक गते

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते १२:०९

२९ भदौ, काठमाडौं । संसदीय मामिला पत्रकार समाजको चौथो अधिवेशन आगामी कात्तिक १ गते हुने भएको छ । आइतवार संसद सचिवालय सिंहदरवारमा बसेको मामिलाको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

बैठकले नयाँ सदस्यता तथा पूरानो सदस्यता नविकरणका लागि आवेदन फारम बुझाउने समय असोज ८ गतेभित्र तोकेको छ ।

सदस्यता आवेदन छानबीन गरि टुंगो लगाउन उपाध्यक्ष मात्रिका पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । समितिमा कोषाध्यक्ष बबिन शर्मा र सदस्यहरु बोमलाल गिरी, सन्जिव बगाले छन् ।

त्यस्तै खगेन्द्र पन्तको संयोजकत्वमा सदस्यता मापदण्ड निर्धारण समिति गठन गरिएको छ । इश्वरी शर्माको संयोजकत्वमा सदस्यता फारम वितरण र प्राबिधिक समिति गठन गरिएको छ । समितिमा शन्त गाहा मगर र अशोक दाहाल सदस्य छन ।

तोकिएकै अवधिभित्र सदस्यता नविकरण र नया सदस्यताका लागि आवेदन दिन महासचिव सुशील पन्तले आग्रह गरेका छन् ।
यसैबीच मामिलाको कार्यालय पुनस्र्थापित गर्न संसद सचिवालयलाई आग्रह गरिएको अध्यक्ष प्रकाश गिरीले बताए ।

यसअघि लेखा समितिसँगै काठघरमा रहेको मामिलाको कार्यालय पछिल्लो पटक संवैधानिक राजनीतिक संवाद समितिलाई कोठा नपुगेको भन्दै सचिवालयले गाभेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?