+
+

बोगटीको स्वास्थ्यमा आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीको बचन 

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते १४:२६

२९ भदौ, काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइराला नर्भिक अस्पताल पुगेर एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् ।

प्रधानमन्त्री कोइरालाले बोगटीको उपचारमा संलग्न चिकित्सकहरुसंग स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले उपचारमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै कुनै कमजोरी हुन नदिन निर्देशन दिएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

चिकित्सकहरुले बोगटीलाई तत्काल बाहिर लैजाने अवस्था नरहेको र यहाँ हरसंभव उपाय अबलम्बन गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार बिहानै एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन सम्पर्क गरी बोगटीको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका छन् । साथै सरकारले उपचारमा सक्दो सहयोग गर्ने बचन पनि दिएको अधिकारीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?