Comments Add Comment

विद्युृत महशुल १३.७० प्रतिशत बढाईंदै

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३ दशमलव ७० प्रतिशत विद्युत महशुल बढाउने स्वीकृति पाएको छ । प्राधिकरणले २० प्रतिशत महशुल बढाउनका लागि विद्युत महशुल निर्धारण आयोगमा प्रस्ताव गरेपनि आयोगले १३.७० प्रतिशत electricमहशुल बढाउने भएको हो ।

गत वर्ष असारमा प्राधिकरणले महशुल बढाउनको लागि आयोगसमक्ष प्रस्ताव गरेको थियो । आयोगले चुहावट नियन्त्रण, खर्च न्यूनिकरण लगायतका विषयमा विभिन्न सर्तसहित महशुल वृद्धि गर्न लागेको आयोगले जनाएको छ ।

विद्युत महशुल वृद्धिसँगै हाल मासिक ८० रुपैयाँ न्यूनतम महशुल बुझाउँदै आएका ग्राहकहरुले सय रुपैयाँ बुझाउनुपर्ने भएको छ । अहिले प्राधिकरणका अधिकांश ग्राहकहरुले २० युनिटसम्म बिजुली खपत गर्दै आएका छन् ।

१३ दशमलव ७० प्रतिशत महशुल बढाउँदा प्राधिकरणको हालको आम्दानीमा साढे ३ अर्ब रुपैयाँदेखि ४ अर्ब रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment