+
+

कूटनीतिक नियोगको वार्षिक भाडा ६० करोड !

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३० गते ६:३८

३० भदौ, काठमाडौं । विदेशस्थित नियोगहरुको कार्यालय भाडा तिर्न मात्रै सरकारले वाषिर्क झन्डै ६० करोड खर्च गरिरहेको छ । विभिन्न देशमा नेपालका दूतावास र वाणिज्य दूतावास गरी ३६ वटा मिसन छन् ।

विदेशस्थित नेपाली नियोगहरुको भाडाका लागि मात्रै परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्ष ५८ करोड ७० लाख रुपैयाँ निकासा गरेको थियो । चालू आर्थिक वर्षमा यो रकम ६० करोड कट्ने अनुमान परराष्ट्रको रहेको नयाँ पत्रिकामा खबर छ । बंगलादेशको ढाका र चीनको ल्हासास्थित नियोगमा मात्रै सरकारले भाडाका लागि रकम निकासा गर्नुपर्दैन ।

सरकारले विदेशस्थित आफ्नै स्वामित्वमा रहेको जमिन पनि सदुपयोग गर्न सकेको छैन् । जग्गा भएका ठाउँमा घर बनाउन पहल गरेको छैन भने भएका घर पनि मर्मतसम्भार हुन सकेका छैनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानको इस्लामावादमा नौ हजार वर्गगज, श्रीलंकाको कोलम्बोमा दुई एकड, भारतको नयाँदिल्लीमा ६ दशमलब एक एकड र कोलकातामा ४५ हजार ६ सय ४१ वर्गफुट जमिन छ । त्यस्तै चीनको बेइजिङ, मलेसियाको क्वालालम्पुर र क्यानडामा पनि आफ्नै स्वामित्वको जमिन छ ।

तर, ती ठाउँमा घर बनाउन पहल गर्नुको साटो सरकारले कार्यालय भाडामा मात्रै बर्षेनी करिब पाँच करोड खर्च गरिरहेकेा छ । चालू आर्थिक वर्षमा ती देशस्थित नियोगहरुको भाडाका लागि परराष्ट्रले पाँच करोड ३४ लाख ८० हजार रुपैयाँ निकासा गरेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?