३१ भदौ काठमाडौं । असोज एक गते बुधबारदेखि राजधानीमा संस्थागत सुशासनसम्बन्धी मेला हुँदैछ । नेसनल बैंकिङ इन्स्टिच्यूटले मेला आयोजना गर्न लागेको हो ।
अन्तरासिष्ट्रय वित्त निगम (आइएफसी), एशियाली विकास बैंकको सहयोगमा हुन लागेको यो सम्मेलनलाई कर्नाटक बैंक, भारतका सञ्चालक राममोहन बेले, सिटी बैंक बङ्गलादेशका पूर्वप्रमुख कार्यकारी अधिकृत मोहमद सत्तारजस्ता विज्ञहरुले सम्बोधन गर्नेछन् ।
त्यसैगरी आइएफसीका विज्ञहरुलगायत एसबआइएमका डिन डा. विजय लकेसी, ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र वाटर एड नेपालका आशुतोष तिवारीलगायतका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा समूहगत छलफलहरुमा भाग लिनेछन् ।
संस्थागत सुशासन सम्बन्धी गोष्ठी र कार्यक्रममा ठूलो संख्यामा सञ्चालकहरु र अध्यक्षहरु नै अनुपस्थित हुने गरेको इन्स्टिच्यूटले जनाएको छ । इन्स्टिच्यूटले विगत पाँच वर्षदेखि संस्थागत सुशासनलाई बहसको मुद्दा बनाई विभिन्न कार्यक्रम गर्दै आएको छ ।
‘सञ्चालक समितिले संस्थागत सुशासनप्रतिको आफ्नो उत्तरदायित्व मनन् गरेको देखिँदैन । उच्च व्यवस्थापकको संस्थागत सुशासन सम्बन्धी भूमिका के ? यो स्थितिको लागिजिम्मेवार को ? विगतमा हामी कहाँ चुक्यौं ? लगायतको उत्तर खोज्न प्रयास गरिने जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया 4