Comments Add Comment

एनसेलले थप्यो मज्जाको एसएमएस प्याकको अवधि

१ असाेज, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ल्याएको तीन रुपैयाँमा एक दिनमा सय एसएमएस पठाउन सकिने योजना ‘मज्जाको एसएमएस प्याक’को अवधि ३ महिना थपेको छ ।

Ncell-Towerयहि असारको ३ गते बाट लागु भएको योजना यहि मंगलवार सकिँदै थियो । आउँदो दशैं, तिहार, छठ जस्ता चाडपर्वमा ग्राहकको बढ्दो संचार आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त योजनाको अवधि ९० दिनलाई थपेको जनाएको छ ।

‘चाडपर्वको मौसममा हामी सबै आफ्ना परिवार तथा साथीहरुसँग निरन्तर सम्पर्कमा रहन चाहन्छौं । मज्जाको एसएमएस प्याकले हाम्रा ग्राहकलाई एकदम कम शुल्कमै एकआपसमा खुशियाली साट्न सहज बनाउने छ’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालले भनिन् ।

प्याक अन्तर्गत एनसेलका ग्राहकहरुले करवाहेक ३ रुपैयाँमा दैनिक एसएमएस प्याक, १८ रुपैयाँमा साप्ताहिक र ५४ रुपैयाँमा मासिक एसएमएस प्याक खरिद गरि प्याक अवधिभर कुनै पनि एनसेल नम्बरमा दैनिक सय एसएमएस पठाउन सक्नेछन् ।

एनसेलका सबै पि्रपेड तथा पोष्टपेड ग्राहकले उक्त योजनामा सहभागी भइ लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सहभागिताका लागि ग्राहकले १७१०६ मा डायल गरि भने बमोजिमको निर्देशन पालन गरेर आफूलाई चाहिने प्याक लिन सक्छन् ।

ग्राहकले आफ्नो चाहना बमोजिमको प्याक एकपटक एक्टिभेट गरि प्याक सकिएपछि पुनः एक्टिभेट गर्न सक्छन् । यसरी एक्टिभेट गरिएको मज्जाको दैनिक एसएमएस प्याकको अवधि २४ घण्टा, मज्जाको साप्ताहिक एसएमएस प्याकको अवधि ७ दिन र मज्जाको मासिक एसएमएस प्याकको अवधि ३० दिन रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment