Comments Add Comment

सहयोगीलेे ३६ र नारायणी नेसनलले २५ प्रतिशत लाभांस घोषणा

१ असोज काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सहयोगी विकास बैंकले ३६ प्रतिशत र नारायणी नेसनल फाइनानसले २५ प्रतिशत लाभांस दिने घोषणा गरेका छन् ।
दुवै संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले २६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ भने फाइनान्सले २० प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।
प्रस्तावित बोनस सेयर पारित भए बैंकको चुक्ता पुँजी १८ करोड रुपैयाँ पुग्नेछ भने फाइनान्सको चुक्ता पुँजी ६८ करोड रुपैयाँ पुग्नेछ ।
तर, सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै साधारणसभाले अनुमोदन गर्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment