+
+
Shares

मंगलबारको सेयर बजार : लघुवित्तबाहेक सबै समूह हरियाली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते १५:४३

१२ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार २ अंकले बढेको छ । साताको पहिलो दिन करिब ६ अंकले घटेको बजार सोमबार सुधारिएको थियो । मंगलबार भने नेप्से परिसूचक २ दशमलव ०७ अंकले ओरालो लागेर १ हजार १ सय ४० दशमलव ७२ अंकमा पुगेको छ ।

मंगलबार लघुवित्त समूहबाहेक सबै समूह हरियो देखिएका छन् । लघुवित्त समूह भने ५.१२ अंकले ओरालो लागेको छ ।परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ ।

मंगलबार दिनभर भएका ४ हजार ६ सय १३ कारोबारबाट विभिन्न कम्पनीका ८ लाख ८२ हजार ८ सय ८५ कित्ता सेयर किनबेच भयो । जसअनुसार कारोबार रकम २१ करोड ५१ लाख २१ हजार ५ सय ८० रुपैयाँमा रोकिएको छ । यस अघि सोमबार २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा मंगलबार नेपाल बंगलादेश बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बंगलादेशको संस्थापकतर्फको सेयर १ करोड ५८ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा एनएमबी दोस्रो र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी देखिएका छन् । यिनीहरुको क्रमशः ९६ लाख ४४ हजार रुपैयाँ र ७४ लाख १७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?