Comments Add Comment

दुुई करोडमा खुल्यो कैलाशपति सिमेन्ट मेटेरियल्स उद्योग

  Kailaspati-cement-udyog
१ असोज, काठमाडौं । के तपाई कुनै आवासीय भवन, सडक पेटी, बैगैँचा, विद्यालय, धार्मिक तथा पर्यटकीय महत्वका स्थानहरुलाई आकर्षक बनाउनको लागि आवश्यक निर्माण सामाग्री नपाएर हैरान हुनुहुन्छ ?  सुलभ मुल्यमा भरपर्दो निर्माण सामाग्री पो पाउनुभएको छैन कि ?

यदी त्यसो हो भने अब चिन्ता लिनु पर्दैन । भक्तपुरको नलिनचोकमा रहेको कैलाशपति सिमेन्ट मेटेरियल्स प्रालिद्वारा उत्पादित निर्माण सामाग्रीहरु तपाईको आवश्यकतालाई पूर्ति गर्ने एक उपयुक्त ठाउँ हुन सक्दछ ।

फरक-फरक व्यवसायमा आवद्ध ११ जना सफल व्यवसायीहरुको सामुहिक लगानीमा स्थापित कैलाशपति सिमेन्ट मेटेरियल प्रालिले भक्तपुरको नलिनचोकमा सिमेन्टजन्य निर्माण सामाग्रीहरुको उत्पादन सुरु गरेको हो ।

उक्त उद्योगको विश्वकर्मा पूजाको अवसरमा बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी औपचारिक उदघाटन गरिएको छ । यस उद्योगबाट विभिन्न मोडेल र रंगका सिमेन्टजन्य सामाग्रीहरु उत्पादन गरिन्छ ।

कैलाशपति सिमेन्ट मेटेरियल्सद्वारा उत्पादित निर्माण सामाग्रीहरु रिचार्जेबल (बाहिरको पानी सोसेर भित्र पस्ने) भएकोले यो वातावरणमैत्री रहेको उद्योगका सञ्चालक मनोज श्रेष्ठले जानकारी दिए ।

यो उच्च गुणस्तरीय जर्मनी र इन्डियन प्रविधिमा आधारित भएकोले यो नेपाली उपभोक्ताको लागि अत्यान्तै आकर्षक भएको उनको भनाइ रहेको छ ।

Kailaspati-cement-udyog-2

नलिनचोक पुगेको नेपाल पर्यटन पत्रकार मञ्च (जेएफ-नेपाल)को टोलीसँग कुराकानी गर्दै सञ्चालक श्रेष्ठले आफ्नो घर तथा व्यवसायको भौतिक संरचनालाई आकर्षक बनाउन चाहानेलाई लक्षित गर्दै राजधानीमै यो उद्योग सञ्चालनमा ल्याइएको बताए ।

अर्का सञ्चालक देवेन्द्रध्वज कार्कीकाअनुसार ती सामाग्रीहरु आधुनिक तथा आकर्षक डिजाइन र फिनिसिङ भएकोले ठूलठूला आवासीय भवनहरु, निजी निवास तथा बगैँचाहरुको लागि उच्च माग रहेको छ ।

साढे २ करोडको लगानीमा उक्त कम्पनीले भक्तपुरमा आफ्नो उत्पादन सुरु गरेको हो । सो उद्योग हाल दश रोपनी जग्गामा सञ्चालित रहेको छ ।

उद्योगमा हाल ११ जना स्थायी तथा २० अस्थायी गरी जम्मा ३० जना कर्मचारी कार्यरत रहेको उद्योगले जनाएको छ ।

दुई वर्षअघि मकवानपुरको हेटौडाबाट सुरु भएको उक्त उद्योग विस्तार गर्ने क्रममा भक्तपुरमा पनि सञ्चालनमा ल्याइएको हो । उद्योगले सिमेन्टजन्य सामाग्री निर्माणार्थ आवश्यक कच्चापदार्थहरु मेलम्चीबाट ल्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment