+
+
Shares

रेमिटान्स कम्पनीको उपहार वर्षा, कुनबाट पैसा पठाउँदा के उपहार ?

३ असोज काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनीहरुले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी विभिन्न अाकर्षक उपहार योजना सञ्चालनमा ल्याएका छन् ।
उनीहरुले ग्राहकलाई बीमादेखि विदेशमा रहेका परिवारसँग भेट गराउनेसम्मका योजनाहरु सञ्चालन गरेका छन् ।
दशैंतिहार लक्षित योजना हेर्दा आइएमइ र प्रभू मनि ट्रान्सफरबीच निकै प्रतिस्पर्धा देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३ गते ११:४८

पुष्प दुलाल

३ असोज काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनीहरुले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी विभिन्न अाकर्षक उपहार योजना सञ्चालनमा ल्याएका छन् ।

उनीremitanceहरुले ग्राहकलाई बीमादेखि विदेशमा रहेका परिवारसँग भेट गराउनेसम्मका योजनाहरु सञ्चालन गरेका छन् ।

दशैंतिहार लक्षित योजना हेर्दा आइएमइ र प्रभू मनि ट्रान्सफरबीच निकै प्रतिस्पर्धा देखिन्छ ।

आइएमइले विजेतालाई विदेशमा रहेका आफन्तसँग भेटको अवसरका साथै आइप्याड र डिजिटल क्यामेरा उपलब्ध गराउने जनाएको भने प्रभूले बिजेताको १ लाख १० हजार रुपैयाँसम्मको दुर्घटना बीमा, ४२ इञ्जको एलइडी टिभी, स्मार्टफोन र प्लेनटिक उपलब्ध गराउने जनाएको छ ।

सेवा रेमिटले मोवाइल ब्यालेञ्च अफर ल्याएको छ । वाषिर्कोत्सवको अवसरमा आकर्षक उपहार योजना सञ्चालन गरिरहेका वेस्टन यूनियन र सिटी एक्सप्रेसले भने त्यही योजनालाई दशैंतिहारको योजनामा समावेस गर्ने बताएका छन् ।

उनीहरुले दशैं तिहारलाई लक्षित गरी नयाँ योजना सार्वजानिक गरेका छैनन् ।

नेपालको अर्थतन्त्र विदेशमा रहेका नेपालीहरूले कमाएर पठाएको रेमिटान्सले चलेको छ । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने देशको कूल बजेट भन्दा २५ अर्ब रुपैयाँ बढी रेमिटान्स नेपाल भित्रिएको छ । यसले देश रेमिटान्समा निर्भर रहेको पुष्टि समेत गर्छ ।

आर्थिक वर्ष २०७०/०७१को देशको कुल बजेट ५ खर्ब १८ अर्ब रुपैयाँको थियो । सो वर्ष कूल रेमिटानस ५ खर्ब ४३ अर्ब २८ करोड रुपैयाा रेमिटान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांक अनुसार करिब ३५ लाख नेपालीहरू रोजगारको शिशिलामा विदेशमा छन् । उनीहरूले अाफूले कमाएको रकम रेमिटान्स कम्पनीमार्फत नेपाल पठाउँदै अाएका छन ।

रेमिटान्सको कारोबार गर्ने धेरै कम्पनीहरू भरए पनि हामीले मूख्य कम्पनीका दशैंतिहार योजनाहरू उल्लेख गरेका छाैं ।

यस्ता छन् रेमिटान्स कम्पनीहरुले सञ्चालनमा ल्याएका दशैंतिहार योजनाहरु ।

आइएमई

यो कम्पनीले सञ्चालनमा ल्याएको ‘आइएमई विदेशमा परिवार भेट’ योजनामा सहभागी भई लक्की ड्रमार्फत एक जनाले चार जनाको परिवारसहित विदेशमा रहेका आफ्न्तलाई भेट्न पाँच दिनको बैदेशिक भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।

यस योजनामा विदेबाट पठाएको रेमिटान्स भुक्तानी लिने ग्राह सहभागि हुनेछन् । भदौ १६ गतेदेखि सुरु भएको यो योजना असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसैगरी यस योजनामा विदेशबाट नेपालमा रकम पठाउने ग्राहकले दैनिक लक्की ड्रमा छनौट भएर स्मार्ट फोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, साप्ताहिक रुपमा गरिने लक्कि ड्रमा विजेताले आइप्याड पाउने छन् ।  नेपालमा भुक्तानी लिनेले भने दैनिक लक्कि ड्रमा छनौट भएपछि स्काइ लगेज ब्याग र साप्ताहिक लक्कि ड्रमा डिजिटल क्यामेरा पाउने छन् । लक्कि ड्रको नतिजा कम्पनीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकामा प्रकासित गर्ने जनाएको छ ।

प्रभू रेमिट

असोज १ गतेदेखि लागू भएको प्रभु मनि ट्रान्सफरको दशैं-तिहार र छठ पर्व लक्षित बम्पर उपहार योजना छठ पर्वसम्म सञ्चलन हुनेछ । यो योजनामा रकम पठाउने र पाउने दुवैले उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन् ।

त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरिने लामाले जानकारी दिइन ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ । पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज पि|m गरिदिने प्रभुले जनाएको छ ।

यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने प्रभू समूहकी कुशुम उपाध्यक्ष लामाले बताइन ।

‘दशैंतिहारजस्तो चाड पर्वमा विदेशमा रहेका नेपालीहरु घर फर्किउन भनेर हामीले प्लेन टिकट उपहार राखेका हौं’ उनले भनिन् ।

सेवा रेमिट

यो कम्पनीले दशैंतिहार लक्षित ‘पैसा पठाउँ सेवाबाट कुरा गरौँ खुलेर’ नामक योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनामा रकम पठाउने सेवाग्राहीलाई एनटीसी र एनसेलको मोबाइल व्यालेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । असोज एक गतेदेखि लागू हुने यो योजना कात्तिक १४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियन

यो कम्पनीले २० औं वाषिर्कोत्षवको अवसरमा सञ्चालनमा ल्याएको २० हप्ते ‘पैसा दोब्बर योजना’ ले नै दशैं-तिहार र छठलाई पनि कभर गर्ने जनाएको छ ।

कम्पनीले प्रत्येक हप्ता रकम प्राप्त गर्नेलाई पचार हजार रुपैयाँसम्म उपहार प्रदान गर्दै आएको छ । यो योजनामा कम्पनीले विदेशमा रहेका आफन्तले पठाएको जति रकम सेवाग्राहीले प्राप्त गरेका छन् त्यसको दोब्बर रकम दिदै आएको छ ।

यो योजनामा अधिकतम ५० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने कम्पनीका नेपालका लागि कन्ट्री म्यानेजर कविन्द्र श्रेष्ठले जानकारी दिए ।

‘यो योजनाले नै दशैं-तिहार र छठलाई पनि समेट्छ’ श्रेष्ठले भने । मलेसियाका लागि भने आगामी हप्ता छुट्टै आकर्षक दशैंतिहार योजना सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

सिटी एक्सप्रेस

यो कम्पनीले आठौं वर्षमा प्रवेस गरेको अवसरमा गत असार अन्तिमदेखि  पैसा हात-हातमा उपहार आठ-आठमा’ नामक उपहार योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक दिन आठ जनालाई विन प्रुफ्ड ज्याकेट वितरण गर्दै अएको छ प्रवन्ध निर्देशक चन्द्र टन्डनले जानकारी दिए ।

त्यसैगरी प्रत्येक आठ दिनमा एक जनालाई स्मार्ट फोन, प्रत्येक महिनाको आठ गते एक जनालाई सुनको सिक्री, चौथो महिनाको आठ गते १५० सीसीको मोटरसाइकल र लक्की ड्रमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।

२०७१ असार २७ गतेदेखि सञ्चालन भएको यो योजना असोज २७ गतेसम्म लागू हुने टन्डनले जानकारी दिए ।

‘पुर्याउँछौ सम्हालेर’ भन्ने नारा लिएको कम्पनी छोटो समयमा नै तेस्रो रेमिटान्स सेवा प्रदायक कम्पनी बन्न सफल भएको उनको दाबी छ ।यो योजनाले नै दशैंतिहारलाई कभर गर्ने भएकाले नयाँ योजना नल्याइएको टन्डनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?