+
+

छाडा छोडेका गोरुको लिलामीबाट ६९ हजार संकलन

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते ७:१५

५ असोज, काठमाडौ । उपत्यका सडकमा छाडा छोडिएका बहर संकलन गरी महानगरपालिकाले लिलाम गर्ने गरेकेा छ । दुई सय ९५ बहर विक्रीबाट महानगरपालिकाले गत आर्थिक वर्षमा ६९ हजार रुपैंयाँ राजश्व उठाएको छ ।

महानगरले नगरभित्र छाडा छोडिएका बहर संकलन गरी टेकुस्थित आफ्नै खाली जग्गामा राख्ने गरेको छ । करिब पाँचदेखि आठवटासम्म जग्गा भएपछि महानगरले लिलामी गर्दै आएको, नयाँ पत्रिका दैनिकमा खबर छ । महानगरको सम्पर्कमा रहेका ब्यक्तिहरुलाई लिलाम बढाबढमा बिक्री गर्ने गरिएको सूचना अधिकृत महेश काफ्लेले जानकारी दिए ।

‘छाडा बहर लिलाम गर्न सार्वजनिक सूचना नै जारी गर्नुपर्छ भन्ने छैन,’ काफ्ले भने, ‘महानगरको सम्पर्कमा आउनेहरु नै लिलामीमा सहभागी हुन्छन्, जसले धेरै मूल्य तिर्छ उसैले बहरहरु लैजान्छ ।’ एक लटमा पाँचदेखि आठवटा सम्म बहर लिलाममा राखिने र पाँच हजार रुपैंयाँसम्म बहर लिलाममा राखिने र पाँच हजार रुपैंयाँबाट लिलाम बढाबढ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?