+
+

सुनको भाउ ५१ हजार नजिक, चाँदी पनि ओर्लियो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते ११:५१

५ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहृयो ।

goldआइतबार सुनको भाउ तोलामा २ सय ५० रुपैयाँ घटेर ५१ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत हप्ताभर सुनको भाउ ओरालो लागेको थियो ।

गत शुक्रबार सुनको भाउ तोलामा दुई सय रपैयाँ घटेर ५१ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आइतबार तोलामा १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि चाँदीको भाउ तोलाको ७ सय ५५ रुपैयाँ तोकेको छ ।

गत शुक्रबार चाँदी तोलामा ६ रुपैयाँ घट्दै ७ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?